खिचरा महोत्सवमा आज शिव परियार र अनु चाैधरीले प्रस्तुति दिँदै

आठौँ खिचरा महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज चर्चित गायक शिव परियार र गायिका अनु चौधरीसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरू सांगितक प्रस्तुति दिनेछन्। पुस २८ देखि सुरू भएको महोत्सवमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ।

त्यस्तै महोत्सवको चौथो दिन आज पनि शिव परियार र अनु चौधरी मुख्य आकर्षणको रूपमा रहने सूचना तथा समाचार सम्प्रेषण समितिका संयोजक दीपेश चौधरीले जानकारी दिए।

त्यसका साथै थारू कलाकारहरू फिलीप चौधरी, रूविना चौधरी तथा स्तब्ध व्याण्डका कलाकारहरूले प्रस्तुति दिनेछन्। रत्ननगर कला मन्दिर र थारू सांस्कृतिक नृत्य तथा विभिन्न आदिवासी जनजाति समुदायको नृत्यसमेत महोत्सवमा प्रस्तुत गरिने उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर नै सांस्कृतिक कार्यक्रम जारी रहनेछ।

यस्तै विभिन्न खालका खेलकुद प्रतियोगितासमेत सञ्चालन भएका छन्। कृषि प्रदर्शनीले पनि महोत्सवमा स्थान पाएको छ। करिब १५० व्यावसायिक स्टल रहेको महोत्सवमा थारू पहिचान झल्काउने प्रयास गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *