अष्ट्रेलियामा थारू गीत ‘मन माघी’ सार्वजनिक (भिडियोसहित)

अष्ट्रेलियामा खिचिएको मन माघी गीत सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीको निर्देशनमा बनेको भिडियोलाई सिड्नीको ओपेरा हाउस आसपास खिचिएको छ। अष्ट्रेलियामा आज हुन गइरहेको माघी कार्यक्रमको प्रचारप्रसारका लागि यो गीत तयार पारिएको निर्देशक चौधरीले बताए।

‘विदेशी भूमीमा बसे पनी आफ्नो थारू संस्कृति रीतिरिवाज, चाडबाड र भेषभुषाको संरक्षण, प्रवर्द्धन गर्ने उदेश्यले ‘मन माघी’ गीत निर्माण गरिएको हो,’ निर्देशक चौधरीले भने। गीतमा सुमिका सरदारको स्वर रहेको छ भने संगीत तथा शब्द संदीप सरदार र क्रेजी पेटलको रहेको छ। छायाँकन तथा सम्पादन सन्तोष गुरुङले गरेका छन्।

भिडियोमा अरुण चौधरी, पूजा चौधरी, स्वेता चौधरी, नजमा चौधरी, अस्मिता खोजवार, सिद्दान्त चौधरी, सविन चौधरी, सागर ईशरान थारू, अजय शिंह, मकेश चौधरी, सन्जना चौधरी, प्रियंका चौधरी, भावना चौधरी तथा जेशन चौधरीलगायतले अभियन गरेका छन। गीत झुम्की प्रोडक्सन च्यानलमार्फत् रिलिज गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *