गृहमन्त्रीलाई थाकसले बुझाए सात बुँदे ज्ञापन पत्र

आठौं संस्करणको खिचरा महोत्सवको समुदघाटन समारोहमा थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले थारु समुदायका तर्फबाट उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेमार्फत् प्रधानमन्त्रीलाई ७ बुँदे स्मरण पत्र बुझाएका छन्।

नेपालको सार्वभौमिकता र अखण्डतालाई आत्मसात गर्दै निरन्तर नेपालकै माटोप्रति माया दर्शाउने चितवनलगायत ऐतिहासिककालदेखि बसोबास गर्दै आएका थारु समुदाय राजनीतिक संघर्षमा सम्भ्रान्तवर्गको दबदबा मुनि बाँच्नु परेको परिणाम स्वरुप टीकापुर विद्रोह भएको हो। त्यसलाई देशैभरिका थारु सचेत वर्गले राजनैतिक विद्रोहको रुपमा लिएको जनाएका छन्।

नेपाल सरकारसँग थारु आन्दोलनकारी समूहले गरेका विगतका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने, टीकापुरमा भएको थारु विद्रोहपश्चात सत्यतथ्य छानबिन गर्न नेपाल सरकारले गठन गरेको विभिन्न छानबिन आयोग तथा समितिहरुको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, कर्फ्युको समयमा थारुको पसल तथा घरहरु छानीछानी आगजनी तथा लुटपाट गर्ने लगायत सो घटनाका दोषीहरुलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *