दुबई माघी महोत्सवको तयारी पूरा, समीक्षा र केशवले दिनेछन् बेजोड प्रस्तुती

दुबईमा आयोजना हुने माघी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने महोत्सवको तयारी पूरा भएको कार्यक्रम संयोजक लालबहादुर चौधरीले बताए।
महोत्सवमा नेपालबाट थाकसका महामन्त्री प्रेमीलाल चौधरी र गायिका समीक्षा चौधरी सहभागी हुँदैछन्। उनीहरू भोलि शुक्रबार दुबई पुग्दैछन्। उनीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिने संयोजक चौधरीले बताए।

कार्यक्रममा समीक्षा चौधरी र गायक केशव राज महतोले आफ्नो दमदार प्रस्तुती दिने आयोजकले जनाएको छ। कार्यक्रमको उद्घोषणसमेत गायक महतोले गर्नेछन्। महोत्सवमा युएईमा रहने सयौं थारूहरू उपस्थित हुने बताइएको छ।

त्यस्तै संस्थाको साधारणसभा समेत रहेकाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। त्यस्तै महामन्त्री प्रेमीलाल चौधरीले थाकसको इतिहास, वर्तमान र आगामी कार्ययोजनाबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

थासक युएईले वर्षेनि माघी महोत्सव आयोजना गर्दै आएको । अघिल्ला केही वर्ष भने कोरोनाका कारण प्रभावित बनेको थियो। थासक युएईले नेपालका कलाकारहरूलाई निमन्त्रणा गरेर सम्मानसमेत गर्दै आएको छ।

यसअघि अन्नु चौधरी, श्रीनिवास चौधरी, मनोज महतो, संजय चौधरी, देवकृष्ण विश्वास, रामलाल चौधरी, मदन चौधरी, वर्षा लेखी, राजकुमार लेखीलगायतलाई संस्थाले सम्मान गरिसकेको संयोजक चौधरीले बताए।

थारू नयाँ वर्ष माघीको अवसरमा संस्थाले १५ जनवरी २०२३ का दिन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम बरदुबईको क्लब एभरेस्ट, अस्टोरिया होटलमा हुने संयोजक चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *