आशिर्वाद लिँदै जब रञ्जिताले ओलीसँग सम्बाद गरिन् ! (भिडियोसहित)

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्यु गर्दै आशिर्वाद लिइन्। सरकारको न्‍यूनतम साझा कार्यक्रमको समापनपछि उनले ओलीसँग आशिर्वाद लिएकी हुन्।

आशिर्वाद लिएपछि दुईबीच सम्बादसमेत भएको छ। सम्बादमा के कुरा भयो भन्ने कुराको एकिन नभए पनि सरकारमा सहभागी हुने र रेशम चौधरीको रिहाइ सम्बन्धमा कुराकानी भएको बताइन्छ।

नागरिक उन्मुक्तिले सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने नहुनेन निर्णय गरेको छैन। सुदूरपश्चिम प्रदेशमा पनि सरकारलाई समर्थन गर्न नगर्ने विषयमा नागरिक उन्मुक्तिले निर्णय लिन सकेको छैन। यही विषयमा ओलीसँग सम्बाद भएको हुनसक्ने बताइन्छ।

नागरिक उन्मुक्तिले भोलि बैठक बसेर सरकारलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्नेछ। त्यस्तै प्रदेशमा पनि गठबन्धन सरकारलाई समर्थन गर्ने किन नगर्ने भन्ने विषयमा टुंगो लाग्ने एक नेताले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *