खिचरा महोत्सवमा निःशुल्क वरिष्ठ डाक्टर सेवा उत्सव हुने

आठौं संस्करणको खिचरा महोत्सवको परिसरभित्र खैरहनी-८ पर्सामा रहेको केयर पोलिक्लिनिकको सहयोगमा ‘निःशुल्क वरिष्ठ डाक्टर सेवा उत्सव’ हुने भएको छ। हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म विभिन्न विशेषज्ञ डाक्टर सेवा र औषधिहरू निःशुल्क उपलब्ध गराइनुका साथै र छुटसहितको सहुलियत दरमा ल्याब, एक्सरे तथा भिडियो एक्सरे सुविधा उपलब्ध गराइने भएको छ।

स्वास्थ्य शिबिरमा पुस २८ गतेका दिन वरिष्ठ स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा. पुष्प चौधरी, २९ गते वरिष्ठ छाती, मुटु, पेट, मधुमेह, उच्च रक्तचाप तथा थाइराइड विशेषज्ञ डा. गौरीराम महतोले निःशुल्क सेवा दिनेछन्।

त्यस्तै पुस ३० गते हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रितम चौधरी, माघ २ गते वरिष्ठ नाक कान घाँटी तथा थाइराइड विशेषज्ञ डा. विकाश पाण्डे र वरिष्ठ सर्जन डा. अमित चौधरी र माघ ४ गते वरिष्ठ हाडजोर्नी, नशा, मेरुदण्ड, जोर्नी-प्रत्यारोपण तथा क्यान्सर रोग विशेषज्ञ डा. अरुण सिग्देल एवं हरेक दिन मेडिकल अधिकृत डा. अभिनाश कुमार रायले महोत्सव परिसरमा निःशुल्क सेवा उपलब्ध गराउने स्वास्थ्य समितिका संयोजक भोला चौधरीले जानकारी दिएका छन्।

२९ गतेका दिन आँखा शिबिर, माघ ३ गते बृहत खुला रक्तदान कार्यक्रम, माघ ४ गते भरतपुर क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर स्क्रिनिङ कार्यक्रम समेत हुने स्वास्थ्य समितिका सहसंयोजक मानसिंह चौधरीले बताए। महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म खैरहनी नगरपालिका वडा नं. ५ गौचरन, चितवनमा हुँदैछ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *