जिराभवानी गाउँपालिकामा ढकिया बुन्ने प्रतियोगिता

पर्साको जिराभवानी गाउँपालिकामा आजबाट ढकिया बुनाई प्रतियोगिता सुरु भएको छ। आस्था नेपाल बीरगंजको आयोजना तथा जिराभवानी गाउँपालिकाको सहयोगमा सो कार्यक्रमको आयोजना भएको हो। वडा नं ४ सुपौलीको खेलमैदानमा सुरु भएको सो प्रतियोगितामा एक सय पचासँ समूह सहभागी रहेका छन्।

कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले थारु संस्कृति अन्तर्गत लोप हुदै गएको ढकिया संरक्षण तथा प्रवर्द्धनका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए। स्थानीय स्रोत साधनको प्रयोगबाट बुनीएका ढकियालाई बजारिकरण गरी स्थानीय महिलाका पेशागत क्षमतामा अभिबृद्धि गर्न सकिने अध्यक्ष चौधरीले बताए।

पालिकाले यस प्रतियोगिताअन्तर्गत तयार गरिएका ढकियालाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्न पहल गर्नेमा वक्ताहरुले जोड दिएका छन्। उत प्रतियोगितामा २५ वर्षभन्दा कम उमेर समूह भएका र पच्चिस वर्षभन्दा माथि भएका उमेर समूह गरी विभाजित भई प्रतियोगिता हुँदैछ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद २५ हजार रुपैयाँ र ट्रफी, दोस्रो हुने समूहलाई नगद १५ हजार नगदसहित ट्रफी र तेस्रो हुने समूहलाई नगद १० हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजक संस्थाका सदस्य गोबिन्द चौधरीले जानकारी दिए।

वडाध्यक्ष राजेश्वर दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा थारु पत्रकार संघ नेपाल पर्साका सल्लाहकार ओमप्रकाश चौधरी, मून सनलाईट यूवा स्पोर्ट्स क्लब सुपौलीका अध्यक्ष रुपनारायण चौधरी लगायतको उपस्थिती रहेको छ। प्रतियोगिताको अन्तिम नतिजा भोली बिहिवार प्रकाशन हुने आयोजक पक्षले जनाएको छ। पर्सामा पहिलो पटक ढकिया बुनाई कार्यक्रमको आयोजना भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *