नागरिक उन्मुक्तिको संसदीय दलको नेता बनिन् रञ्जिता श्रेष्ठ चौधरी

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्। उक्त दलको काठमाडौंमा पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

त्यस्तै दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

त्यस्तै सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ भने प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गरिएको छ।

त्यसैगरी लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ।

मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरिएको छ। नागरिक उन्मुक्ति पार्टीले आगामी २०८० साल वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *