यी सांसदहरूले थारू भाषामा लिँदैछन् शपथ

प्रतिनिधिसभा सदस्यमा निर्वाचित ६ जना सांसदले मातृभाषामा शपथग्रहण गर्ने भएका छन्। बिहीबार हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए।

संसद सचिवालयका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसदहरू रञ्जिता श्रेष्ठ चौधरी, गंगा डंगौरा थारु, अरुण कुमार चौधरी र स्वतन्त्रबाट विजयी भएका लालवीर चौधरीले थारू भाषामा शपथग्रहण गर्नेछन्।

त्यस्तै माओवादीका समानुपातिक सांसद रुप चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद अशोक कुमार चौधरीले पनि थारू भाषामा शपथग्रहण गर्ने संसद सचिवालयले जनाएको छ।

यसबाहेक उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली गरी २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन्। भोलि ज्येष्ठ सदस्यको रूपमा राप्रपाका सांसद पशुपति शमशेर जबराले संघीय संसद्‍का नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउनेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *