नागरिक उन्मुक्ति पार्टीले सच्यायो समानुपातिक सांसदको सूची

नागरिक उन्मुक्ति पार्टीले प्रदेश समानुपातिक सांसदको सूची सच्याएर निर्वाचन आयोगमा पेस गरेको छ। नागरिक उन्मुक्तिले मधेस प्रदेशमा रामचन्द्र चौधरीको नाम हटाएर उर्मिलादेवी सिंहको नाम पठाएको छ भने लुम्बिनीमा नोरी कुमारी चौधरीको ठाउँमा नरमाया ढकालको नाम पठाएको छ।
सुदूरपश्चिममा सुनिता चौधरीको नाम हटाएर टिका थापाको नाम पठाएको छ भने दामोदर पण्डितको नाम हटाएर इन्दिरा गिरीको नाम आयोगमा पठाएको छ।
निर्वाचन आयोगको पत्रपछि नागरिक उन्मुक्ति पार्टीले सूची सच्याएको जनाएको छ। तर मधेसमा रामचन्द्रको नाम हटाएको भन्दै सो क्षेत्रका नेता-कार्यकर्ताहरू रुस्ट बनेक छन्।
दामोदर पण्डित ज्युको नाम सहि थियो