नागरिक उन्मुक्तिले समानुपातिकमा कटायो डेढ लाख मत, सुदूरपश्चिमा निर्णाक शक्ति बन्दै

नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ डेढ लाख मत कटाएको छ। पछिल्लो मत परिणामअनुसार नागरिक उन्मुक्तिले १ लाख ५६ हजार ५८८ मत ल्याएको छ। थ्रेस होल्ड कटाउन कम्तिमा ३ लाख ल्याउनुपर्ने बताइएको छ।

उसको प्रभाव क्षेत्रहरुमा अझै मतगणना जारी रहेकाले राष्ट्रिय पार्टी बन्नेमा शं‌का नरहेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए।

त्यस्तै नागरिक उन्मुक्तिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्णाक शक्ति बन्ने देखिन्छ। सुदूरपश्चिममा ५ सिट र लुम्बिनीमा दुई सिट जितेको यो पार्टीले दुबै प्रदेशमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ।
पछिल्लो मत परिणामअनुसार लुम्बिनीमा ५० हजार मत कटाएको छ भने सुदूरपश्चिम प्रदेशमा ५२ हजार मत कटाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *