नागरिक उन्मुक्तिले लुम्बिनी र सुदूरपश्चिममा कटायो थ्रेसहोल्ड, प्रतिनिधिसभामा कट्ला?

नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ एक लाख मत कटाएको छ। पछिल्लो मत परिणामअनुसार नागरिक उन्मुक्तिले १ लाख ८ हजार २७१ मत प्राप्त गरेको छ। यो गणना भएको कूल सदर मतको २.१ प्रतिशत हो। राष्ट्रिय दल बन्नका लागि ३ प्रतिशत कटाउनुपर्ने हुन्छ।

त्यस्तै नागरि उन्मुक्तिले लुम्बिनी प्रदेश र सूदुरपश्चिम प्रदेशमा थ्रेसहोल्ड कटाएको छ। लुम्बिनीमा ४४ हजार ४६४ मत कटाउँदा नागरिक उन्मुक्तिले आधार क्षेत्र सूदुरपश्चिम प्रदेशमा ३० हजार ७३६ मत प्राप्त गरेको छ। कैलालीमा समानुपातिक मत पहिलो नम्बरमा रहँदै नागरिक उन्मुक्तिले प्रतिनिधि र प्रदेश दुवैतर्फ २७ हजार मत कटाएको छ।

त्यस्तै मधेस प्रदेशमा करिब १२ हजार, प्रदेश १ मा ५५ सय बढी मत प्राप्त गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *