बारा १(१) मा त्रिलोकी चौधरी फेरि विजयी, बलबिर चौधरी पराजित

बारा क्षेत्र नं. १(१) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन्। चौधरी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन्।

चौधरी प्रदेशसभा दोस्रो पटक निर्वाचित भएका हुन्। यसअघि २०७४ सालको निर्वाचनमा पनि चौधरी निर्वाचित भएका थिए।

चौधरीको जितसंग एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभा मध्ये तीनमा जित हात पारेको छ। यसअघि बारा क्षेत्र नं. ४(१) मा देवनारायण चौधरी, ३(१) मा रविन्द्रदास श्रेष्ठ निर्वाचित भईसकेका छन्।

बारा क्षेत्र नं. २(१) मा भने एमालेका उम्मेदवार बलबिर चौधरी पराजित भएका छन्। उनले उम्मेदवारी दिएको क्षेत्रमा स्वतन्त्र उम्मेदवार सारदा संकर कलवार निर्वाचित भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *