बर्दियामा पूर्व उपसभामुख र पूर्वसांसदलाई हराएका नागरिक उन्मुक्तिका दुई योद्धा

नागरिक उन्मुक्ति पार्टीले बर्दियाबाट प्रदेशसभातर्फ दुई क्षेत्रमा विजयी भएको छ। बर्दिया १(२) मा राजकुमार चौधरी निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका भक्तबहादुर विकलाई १ हजार ४७ मतान्तरले पराजित गरे। उनले १३ हजार २३० मत ल्याउँदा विकले १२ हजार १८३ मत ल्याए।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रकी अन्जु दहितले ११ हजार ४९० मत ल्याइन्। स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याए।

त्यस्तै बर्दिया २(२) मा धर्मबहादुर चौधरी निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका केन्द्रका मानबहादुर थारुलाई ९ हजार १ सय ४३ मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन्। धर्मबहादुर चौधरीले २० हजार १२७ मत ल्याउँदा माओवादीका मानबहादुर थारुले १० हजार ९८४ मत ल्याए।

नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का धर्मराज शाहले ३ हजार १३३ मत ल्याए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *