शान्तालाई हराउँदै दाङ १ मा मेटमणि चौधरी विजयी

सहरी विकास मन्त्री मेटमणि चौधरी विजयी भएका छन्। दाङ क्षेत्र नं १ मा उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन्। अन्तिम मतपरिणामअनुसार मेटमणिले २६ हजार ५६३ मत ल्याएका छन् भने शान्ताले २१ हजार ४७९ मत ल्याएकी छन्। मेटमणिले ५ हजार ८४ मतान्तरले पराजित गरेका हुन्।

मेटमणि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *