दाङ १(१) मा इन्द्रजीत थारु विजयी

दाङ क्षेत्र नम्बर १ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका हुन्।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री थारु दोस्रो पटक प्रदेशसभा सांसदमा निर्वाचित भएका हुन्। थारुले १३ हजार ५०५ मत ल्याउँदा भट्टराईले ११ हजार ७३० मत ल्याए। २०७४ सालको चुनाव यसै प्रदेश सभाबाट थारु निर्वाचित भएका थिए । पहिलो संविधान सभा २०६४ सालमा क्षेत्र नम्बर १ बाट भारी मतका साथ विजयी भएका थिए। तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्कालाई पराजित गर्दै थारु निर्वाचित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *