बर्दिया २(२) मा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी

प्रदेशसभा सदस्य बर्दिया क्षेत्र नम्बर २ (२) मा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का मानबहादुर थारुलाई ९ हजार १४३ मतान्तरले हराउँदै चौधरी विजयी भएका हुन्।

विजयी चौधरीले २० हजार १२७ मत र निकटतम प्रतिद्वन्दी थारुले १० हजार ९८४ मत प्राप्त गरेका छन्। नेकपा एमालेकी कृष्णी थारुले ७ हजार १७ मत प्राप्त गरिन्। बर्दिया प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको मतगणना कार्य सकिएको छ। त्यसपछि समानुपातिकको मतगणना हुने जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *