प्रदेश सांसदमा राजकुमार लेखीको ‘इन्ट्री’

नेकपा एमालेका नेता राजकुमार लेखी विजयी भएका छन्। सप्तरी क्षेत्र नं १(१)बाट उनी विजयी भएका हुन्। उनले १४ हजार २९१ मत ल्याएर विजयी भएका हुन्। २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट पराजित भएका थिए।

लखीका प्रतिद्वन्द्वी जनमतका शिवनन्दन महेताले ९ हजार ९३ मत ल्याउँदा माओवादीका बेचनप्रसाद चौधरीले ७५७२ मत ल्याए।

थरुहट आन्दोलनका अगुवामध्येका एक उनी लामो समय पार्टीभन्दा बाहिर रहेर थारू माग मुद्दाका विषयमा आवाज उठाउँदै आएका थिए। आदिवासी जनजाति महासंघको अध्यक्ष र थारू कल्याणकारिणी सभाको महामन्त्री भएर उनले आदिवासी र थारूको सबालमा बोल्दै आएका थिए। उनी गत एमालेको विधान महाधिवेशनमा पुनः एमाले फर्किएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *