पर्साका सुरेन्द्र चौधरी फेर पनि पराजित

नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी यसपटक पनि पराजित भएका छन्। पर्सा क्षेत्र नं ३ मा उनी एमालेका राजकुमार गुप्तासँग १५१ मतको झिनो अन्तरले पराजित भएका हुन्। बुधबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार गुप्ताले २४ हजार २६० मत ल्याएका छन् भने चौधरीले २४ हजार १०१ मत पाएका छन् ।

मतगणनाको सुरुआतदेखि चौधरीले अग्रता लिए पनि अन्तिम समयमा गुप्ताले मतान्तर घटाउँदै गएका थिए। गुप्ता र चौधरी यसअघि २०७४ मा यसै क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियारसँग पराजित भएका थिए।

यसपटक जसपा-एमालेले गठबन्धनका कारण पर्सा-३ एमालेको भागमा परेपछि जसपाले प्रदेशसभामा आफ्नो उमेदवार उठाएको थियो।

गुप्ता दोस्रो संविधानसभाको निर्वाचनमा पर्सा-३ बाट निर्वाचित भएका थिए भने चौधरी पर्सा-४ बाट निर्वाचित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *