मोरङ ४(१) मा जयप्रकाश चौधरी विजयी

मोरङको क्षेत्र नं. ४ (१) बाट प्रदेशसभामा नेकपा एमालेको जयप्रकाश चौधरी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन्।

चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *