माओवादी किल्ला भत्काउँदै बर्दिया २ मा रेशम चौधरीका बुबा लालवीर चौधरी विजयी

बर्दिया क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्। उनले माओवादी उम्मेदवार सुरेश पन्थलाई १३६ मतले पराजित गरेका हुन्। चौधरी रेशम चौधरीका बुबा हुन्। चौधरीले २६ हजार ५२० मत पाए भने प्रतिद्वन्द्वी पन्थले २६ हजार ३८४ मत पाए। त्यस्तै नेकपा एमालेका पंकज सिंह राठौरले १६ हजार ९० मत मत पाए।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि स्वतन्त्र उठेका लालवीर चौधरीलाई सो पार्टीले समर्थन गरेका थिए।
नागरिक उन्मुक्ति पार्टीले यसअघि कैलाली क्षेत्र नं ३ मा विजयी भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *