बारामा खानेपानी मन्त्री पछि पर्दा एमालेका तीन थारू नेताहरूले अग्रता बढाउँदै

बारामा प्रतिनिधिसभातर्फका थारु उम्मेदवार उमाकान्त चौधरी करिब ४ हजार मतले पछि परेका छन्। खानेपानी मन्त्रीसमेत रहेका उनी एमालेका अच्युतप्रसाद मैनालीसँग पछि परेका हुन्। मैनालीले १८ हजार ४ सय मत ल्याउँदा चौधरीले १४ हजार ८३० मत ल्याएका छन्।

त्यस्तै प्रदेशसभातर्फ एमालेका तीन जना थारु उम्मेदवारले अग्रता लिएका छन्। १(१)मा एमालेका त्रिलोकी चौधरी २७०३ मतसहित अग्रस्थानमा छन्। उनी यसअघि पनि प्रदेशसांसद रहेका थिए।

त्यस्तै २(१)मा बलवीर चौधरी ४६३८ मतसहित अग्रस्थानमा छन् भने ४(१)मा देवनारायण चौधरी ९ हजार ३२० मतसहित अग्रस्थानमा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *