रञ्जिता र लालवीरको अग्रता कायमै, झिनो मतले पछि परे ठाकुर र अरुण

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले मतान्तर बढाउँदै लगेकी छन्। कैलाली क्षेत्र नं १ मा उनले पछिल्लो मतपरिणामअनुसार १४ हजार ९१४ मत पाएकी छन्। कांग्रेसका रामजनम चौधरी ८ हजार ८५२ मतसहित दोस्रो स्थानमा छन्।

त्यस्तै बर्दिया क्षेत्र नं २ मा नागरिक उन्मुक्तिले समर्थन गरेको लालवीर चौधरी २६ हजार ३६६ मतसहित अग्रस्थाना छन्। मा‌ओवादीका सुरेश पन्थले २४ हजार १०३ मतसहित उनलाई पछ्याइरहेका छन्। बर्दिया २ को मतगणना अन्तिम चरणमा रहेको बताइएको छ। दिउँसोसम्म अग्रता कायमै राखे लालवीर निर्वाचित हुने सुनिश्चित छ।

त्यस्तै सुरुवाती अग्रता लिएको बर्दिया १ मा ठाकुर सिंह थारु पछि परेका छन्। उनी करिब १३ सय मतले पछि छन्। कांग्रेसका संजय गौतमले १५ हजार ५६८ मत ल्याउँदा ठाकुरले १४ हजार १८८ मत ल्याएका छन्।

त्यस्तै कैलाली २ मा अरुण चौधरी पनि झिनो मतले पछि परेका छन्। माओवादीका भगतबहादुर बडुवालले ४६९१ मत ल्याउँदा अरुणले ४५२४ मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *