नागरिक उन्मुक्तिका अरुण चौधरीले मतान्तर बढाउँदै

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ। सो पार्टीका उम्मेदवार अरुण चौधरीले ३६०९ मतसहित अग्रता लिएका छन्। दोस्रोमा माओवादीका भगत बडुवालले २३४६ मत पाएका छन् भने तेस्रोमा झपटबहादुर रावलले २०६९ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं ३ मा विजयी सुरुवात गरेको छ। सो पार्टीका गंगाराम चौधरीले २३ हजार १२० मतले विजयी भएका हुन्। त्यस्तै कैलाली १ मा पार्टी अध्यक्ष रञ्जिता चौधरीले अग्रता लिइरहेका छन्। नागरिक उन्मुक्ति पार्टीले बर्दियाको दुवै क्षेत्रमा पनि अग्रता कायम राखेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *