पर्सा ४(क) मा कांग्रेसका शंकर चौधरी दोस्रोपटक विजयी

पर्सामा नेपाली कांग्रेसले लगातार दोस्रो जित हात पारेको छ। पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित भएका हुन्। मगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई २ हजार ३४ मत अन्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि २०७४ को निर्वाचनमा पनि यही प्रदेशसभा क्षेत्रबाट चौधरी निर्वाचित भएका थिए। त्यसबेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका चौधरीले ११ हजार ५ सय ८५ मत पाएका हुन्। जसपा-एमालेका साझा उम्मेदवार थारुले भने ९ हजार ५ सय ५१ मत मात्रै पाएका छन्। पराजित थारु एमालेका जिल्ला अध्यक्ष हुन्।

पर्सा जिल्लामा ४ वटा प्रतिनिधिसभा सदस्य र बाँकी ६ वटा प्रदेशसभा सदस्य पदका लागि भने मतगणना जारी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *