बर्दिया २ मा लालविर चौधरीले मतान्तर बढाउँदै

प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रस्थानमा छन्। चौधरीले २१ हजार ५६४ मतसहित अग्रता लिएका छन्। माओवादीका सुरेश पन्थले १५ हजार ३०३ मत प्राप्त गरेका छन्। बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गणना गरिएको ५६ हजार ७८७ मत गणना भइसकेको छ।

जसमध्ये नेकपा एमालेका पंकजसिंह राठौर ८ हजार ८७७ मत र राप्रपाका विनय रावलले ५ हजार ७७४ मत प्राप्त गरेका छन्। गणना गरिएको मतमध्ये हालसम्म ३ हजार १८९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन बर्दिया क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ती पार्टीबाट उम्मेदवारी दिएका रेशम चौधरीको मनोनयन खारेज भएपछि पार्टीले चौधरीलाई समर्थन गरेको थियो। लालविर रेशम चौधरीका बाबु हुन्। स्वतन्त्र उम्मेदवार चौधरीले चुनाव चिह्न चापाकल (धारा) रोजेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *