नवलपरासी पश्चिममा एमाले र कांग्रेसलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टी

नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकमा राप्रपाले अग्रता लिएको छ । दुवै क्षेत्रमा दोस्रोमा नागरिक उन्मुक्ति पार्टी छ । तेस्रोमा नेपाली कांग्रेस रहेको छ । प्रदेशसभातर्फ राप्रपाको ३ हजार ७१२ मत छ । नागरिक उन्मुक्ति पार्टीको ३ हजार २२१ र नेपाली कांग्रेसको १ हजार ९९६ मत छ । एमालेको १ हजार ६८० मत रहेको छ ।

त्यसैगरी प्रतिनिधिसभा (क) तर्फ राप्रपाको ४ हजार ३९९ मत छ । नागरिक उन्मुक्ति पार्टीको २ हजार ७९७ र नेपाली कांग्रेसको १ हजार ७४९ मत छ । एमालेको १ हजार ५०३ मत रहेको छ ।

यो मत १४ हजार ४३३ गन्दाको हो । यस निर्वाचन क्षेत्रको दुवै क्षेत्रमा प्रत्यक्षतर्फ पनि राप्रपाका उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

संघीय निर्वाचन क्षेत्रमा ८८ हजार ५२३ मत खसेको छ । प्रदेश (क) तर्फ ४६ हजार ५०२ मत खसेको छ । प्रदेशसभा (ख) तर्फको प्रत्यक्ष र समानुपातिक कुनैको पनि गणना भएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *