एमाले र कांग्रेसका शीर्ष १० जना थारू नेताहरू मतगणनामा पछाडि (मतसहित)

प्रमुख राजनीतिक दलका थारू नेताहरू प्रतिनिधिसभातर्फको मतगणनामा पछि परेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका थारू नेताहरू मतगणनामा पछि परेका हुन्। कांग्रेसका विजय कुमार गच्छदार सुनसरी ३, पदमनारायण चौधरी सिरहा १, उमाकान्त चौधरी बारा १, सुरेन्द्र चौधरी पर्सा ३ र रामजनम चौधरी कैलाली १ मा पछि परेका छन्।

त्यस्तै एमालेका भगवती चौधरी सुनसरी ३, मञ्जु चौधरी उदयपुर १, ताराकान्त चौधरी सप्तरी ३, शान्ता चौधरी दाङ १ र गौरीशंकर चौधरी कैलाली ३ मा पछि परेका छन्। कैलाली ३ मा माओवादीका कृष्ण कुमार चौधरीसमेत पछि परेका छन्।

गच्छदार सुनसरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनालीसँग पछि परेक हुन्। सोही क्षेत्रमा एमालेकी भगवती चौधरी पनि पछि परेकी हुन्।

त्यस्तै सप्तरी ३ मा एमालेका ताराकान्त चौधरी कांग्रेसका दिनेशकुमार यादवसँग पछि परेका छन् भने सिरहामा कांग्रेसका पदम नारायण चौधरी एमालेका रामशंकर चौधरीसँग पछि परेका छन्।

बारा १ मा खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरी एमालेका अच्युतप्रसाद मैनालीसँग पछि परेका छन् भने पर्सा ३ मा कांग्रेसकै सुरेन्द्र चौधरी एमालेका राजकुमार गुप्तासँग पछि परेका छन्।

दाङ १ मा एमालेकी शान्ता चौधरी एकीकृत समाजवादीका मेटमणि चौधरीसँग पछि परेका छन् भने कैलाली १ मा कांग्रेसका रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसँग पछि परेका छन्।

को कति मतले पछि? 

सुनसरी क्षेत्र : ३
कमल बाबु मैनाली
राष्ट्रिय स्वतन्त्र पार्टी
८२९

भगवती चौधरी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
७३४

विजयकुमार गच्छ्दार
नेपाली कांग्रेस
५३६

सप्तरी क्षेत्र : ३

दिनेशकुमार यादव
नेपाली कांग्रेस
४९०५

ताराकान्त चौधरी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३३४०

उदयपुर क्षेत्र : १

डा. नारायण खड्का
नेपाली कांग्रेस
२५३४

मन्जुकुमारी चौधरी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२२९०

बारा क्षेत्र : १

अच्युतप्रसाद मैनाली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
८९६१

उमाकान्त चौधरी
नेपाली कांग्रेस
६६६१

पर्सा क्षेत्र : ३

राजकुमार गुप्ता
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३४७०

सुरेन्द्रयप्रसाद चौधरी
नेपाली कांग्रेस
३३२०

सिरहा क्षेत्र : १

रामशंकर यादव
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२०४७

पदमनारायण चौधरी
नेपाली कांग्रेस
१६९१

दाङ क्षेत्र : १

मेटमणि चौधरी
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)
२२४०

शान्ता चौधरी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१४५९

कैलाली क्षेत्र : १

रन्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टी
५४९०

रामजनम चौधरी
नेपाली कांग्रेस
३५९३

कैलाली क्षेत्र : ३

गंगाराम चौधरी
नागरिक उन्मुक्ति पार्टी
२०२३४

कृष्णकुमार चौधरी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१४९४६

गौरीशंकर चौधरी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
८२६९




Leave a Reply

Your email address will not be published. Required fields are marked *