जेलबाटै मतदान गरेका रेशम भावुक हुँदै भने- युद्ध जितेजस्तै भइरहेको छ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाटै मतदान गरेका छन्। डिल्लीबजारस्थित कारागारबाट उनले समानुपातिकतर्फ मतदान गरेका हुन्। निर्वाचन आयोगले कैदीबन्दीहरुलाई कारागारबाटै समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था गरेको थियो।

जेलबाटै मतदान गरेका चौधरीले आम जनसमुदायलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन्। उनले अन्यायमा परेकालाई न्याय दिलाउन उत्पीडनमा परेका जनसमुदायलाई आह्वान गरेका हुन्।

उनले मतदान गरेर आफू भावुक भएको बताए। ‘पार्टी स्थापना गरेपछि पहिलोपटक मतदान गर्ने अवसर पाएँ। भोट दिएर युद्ध जितेजस्तै भइरहेको छ,’ उनले भने।




One thought on “जेलबाटै मतदान गरेका रेशम भावुक हुँदै भने- युद्ध जितेजस्तै भइरहेको छ

  1. रेशम तिमी बाघको डमरु है
    नडराऊ
    तिम्रो जीत अवश्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *