जनयुद्धमा मैले बुबा गुमाएँ, बुबाको सपना पूरा गर्न पार्टीले मलाई न्याय गर्छ : विष्णु चौधरी

माओवादी नेतृ विष्णु कुमारी चौधरी पेसाले पुष्प ब्यवसायी छिन्। माओवादी सशस्त्र विद्रोहमा बुबा गुमाएका उनी लुम्बिनी प्रदेशसभातर्फ बाँकेबाट समानुपातिक उम्मेदवार छन्। उनीसँग थारुवाले गरेको कुराकानी।

तपाईं उद्यमी कि राजनीतिककर्मी? कसरी चिनाउनुहुन्छ?
अहिलेको अवस्थामा म उद्यमी र राजनीतिकर्मी दुवै हुँ। पेसाले म उद्यमी हो, जसले मलाई पारदर्शी बनाउन सिकाएको छ। राजनीति मेरो समाजसेवा हो, जोसँग मेरो रगत जोडिएको छ।

तपाइँ र तपाइँको पार्टीले जनताले किन भोट दिने?
म एउटा मध्यवर्गीय परिवारमा हुर्केको किसानकी छोरी हुँ। मेरो बुबा देश र जनताको लागि लडदालडदै सहिद हुनु भयो। मैले र मेरो परिवार निक्कै दुःख भोग्यौं र जसोतसो बाच्यौं। मैले गाउँबाट भागेर लुकेर आफ्नो पढाई पूरा गरेँ।
मजस्तै पीडा थुप्रै नेपाली जनताले भोगे। सबैको आ-आफ्नो पीडा छ। हिजो सामान्ती ब्यवस्था परिवर्तन र जनताको अधिकारको लागि लडेको मेरो बुबा आज त्यही ब्यवस्थालाई बचाउन एउटा शहीदकी छोरीले आफ्नो काँध थाप्न जनतासामु आएको हुँ। यो प्रतिगमनविरुद्ध र अग्रगमनका पक्षमा निरन्तर संघर्ष गर्न, उपेक्षित जाति, वर्ग, लिङ्ग र क्षेत्रका समूहका प्रतिनिधित्व सुनिश्चित गर्न, सामन्ती राज्यव्यवस्थाले पछाडि पारिएको तराईको आदिवासी थारु, मधेसी, मुस्लिम, दलित र पीछ्डा वर्गको प्रतिनिधित्व गर्न, समाजमा रहेको समाजिक विभेद, बेरोजगार र गरिबी उन्मूलन गरी सभ्य र समतामूलक समाज निर्माण गर्न जनताले भोट दिनेछन्।

सम्मानजनक मत पाउँदा तपाइँलाई पार्टीले सांसद बनाउँछ भन्ने विश्वास छ?
सतप्रतिशत विश्वस्त छु। किनकि मेरो बुबा देश र जनताको लागि जसरी बलिदानी दिनुभयो, त्यो कुरा पार्टीले गम्भीरतापूर्वक लिनुपर्छ। जनताले देखेको सपना नै बुबाको सपना हो। त्यो सपना पूरा गर्न म राजनीतिमा आएको हुँ। यसर्थ म विश्वस्त छु, पार्टीले न्याय गर्ने छ।

अहिलेका सबै पार्टी नातावाद, कृपावाद, परिवावाद र पैसावालहरुलाई समानुपातिक सिट बाँड्दै आएको देखियो। माओवादीमा पनि यही रोग देखिएको छ। यस्तो प्रवृत्तिलाई अंगाल्ने तपाईंको पार्टीलाई कसरी सर्बहारा पार्टी भनेर जनताले विश्वास गर्ने?
तपाईंले उठाएको प्रश्न जायज छ। ससस्त्र जनयुद्धको बेला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सबैको भूमिका थियो। कसैको त पुरै परिवार त्यही संघर्ष गर्दागर्दै बित्यो। यसरी योगदानको मुल्यांकन गरेर पार्टिले अवसर दिदा एउटै परिवारको सदस्य हुदा केही अलि नमिलेको जस्तो देखिन्छ तर त्यो होइन जस्ले योगदान गर्छ उस्ले अवसर पाउनुपर्छ। हाम्रो पार्टी गरिब, उत्पीडित, शोषित र दमनमा परेको जनताको मुद्दालाई प्रमुख रुपमा लिने गर्छ। हाम्रै पार्टिले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्ष र समानुपातिक ब्यवस्था ल्याएको हो। यसर्थ यो पार्टी सर्बहाराको पार्टी भनेर पहिचान बनाएको छ।

संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि अहिले १० प्रतिशत पनि प्रत्यक्षमा महिलालाई कुनै पार्टीले उम्मेदवार उठाएको छैनन्, साच्चै महिलाहरु प्रत्यक्षमा लड्न डराएका हुन कि पार्टीले महिला भनेर हेपेका हुन्?

नेपालको संविधानमा ३३% महिलाको अधिकार भएतापनि यहाँको भौगोलिक, सांस्कृतिक, राजनीतिक र सामाजिक कारणले प्रत्यक्षमा भेगीय आरक्षण व्यवस्था नभएकोले पार्टीहरु महिला उमेद्वार नबनाएको हो । अर्को कुरो अहिले हाम्रो देश पुरुष प्रधान देशबाट मुक्त हन नसकेकोले पनि त्यस्को असर देखिएको हो महिला दिदि बहिनिहरु कमजोर छैनन् । हामी महिला संक्षम हुँदाहुँदै पनि यो अवसरबाट वञ्चित छौ । यो विषयमा सबै पार्टीले सोच्नुपर्छ ।

अहिले गठबन्धन नै गर्नुपर्ने आवस्यकता किन देखियो?
गठबन्धन रहरले होइन समय, परिस्थिति र बाध्यताले गर्यो । जसरी हिजो एमालेसँग ५ बर्ष स्थायी सरकार बनाएर जनताको बिकासको लागि गरेको थियो तर केपि ओलिले गद्दार गरे, धोका दिए । आज काङ्ग्रेससंग संविधान रक्षाको लागि गर्यो । यति ठूलो १० वर्ष जनयुद्ध र २०६२/६३ को जनआन्दोलन, थरुहट आन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजातिहरुको आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई केपि ओलिले सांसद बिघटन गरि संबिधानको हत्या गर्न खोजेकोले त्यो उपलब्धिलाई बचाउनको लागि हामी गठबन्धन गर्यो।

काङ्ग्रेस र माओवादी फरक बिचार, फरक उद्देश्य, फरक धारको राजनिती गर्ने पार्टी हुन जनताले गठबन्धनलाई बिश्वास गर्ने खास आधार के हो ?
हो एकदमै सहि प्रस्न गर्नुभयो, काङ्ग्रेस र माओवादीको बिचार, उद्देश्य मिल्दैन हामी फरक एजेन्डा बोकेर हिडेको पार्टी हौ । हामी जुन उद्देश्य बोकेर हिडेपनी अन्तिम उद्देश्य भनेको जनतालाइ सार्बभौम सम्पन्न र देशलाई समृद्धि बनाउन नै हो । १२ बुंदे सहमति, शान्ति सम्झौता देखि लिएर अहिले प्रतिगमन बिरुद्धको कार्यगत एकता नै एउटा बिश्वासको आधार हो । यसर्थ जनताले गठबन्धनबाटै समृद्धिका सपना देख्न सक्छन् अरुबाट सम्भब छैन ।

सत्ता जोगाउन गठबन्धन गरे भन्ने जनताको ठूलो आरोप छ साच्चै यो गठबन्धनबाट जनताले न्याय पाउछन् त ?
मैले अघि नै भनी सके गठबन्धन नै जनताको अन्तिम बिकल्प हो । सत्ता जोगाउने भनेको गौण विषय हो मुख्य उद्देश्य भनेको २०६२/६३ को जनआन्दोन, संविधानको रक्षा, देशमा शुसाशन र समृद्धिको निम्ति मधेश आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नको लागि हाम्रो गठबन्धन हो । आज केही प्रतिगमनकारीहरुले यो उपलब्धिहरुलाइ मेटाउन खोजेका छन् साच्चै यो गठबन्धनलाई जनताले जिताउन सके ति जनताका बलिदानिबाट उपलब्धि भएको ब्यवस्थालाई यो पाँच दलिय गठबन्धनले जोगाउने छ र जनतालाई न्याय दिनेछ ।

तपाईँको क्षेत्रको प्रमुख समस्याहरु के के हुन ? यो क्षेत्रको बिकासका योजनाहरु कसरी बनाउनु भएको छ?
मेरो क्षेत्रको मुख्य समस्या भनेको पूर्वाधार विकास, शिक्षा, स्वस्थ, रोजगार लगायत आर्थिक समस्या, सामाजिक समस्या, सांस्कृतिक समस्या, लैङ्गकि विभेद, बहु बिबाह, बाल बिबाह, लागू दुर्बेशनी, भ्रस्टाचार, किसानको समस्याहरु छन् यी समस्यालाई समाधान गर्ने मेरो प्रमुख जिम्मेवारी र यि समस्यालाई समाधान गर्न बरघर देखि विज्ञ सबैको जरुरत पर्नेछ र उहाँहरुको योजना र सल्लाह अनुसार अगाडी बढ्ने कार्य योजना बनाएको छु।

अन्तिममा यो क्षेत्रको मतदाताहरुलाइ के भन्न चाहनु हुन्छ?
अन्तिममा यो क्षेत्रको मतदाता हरुलाई म विष्णु चौधरी लुम्बिनी प्रदेश सभा सदस्य समानुपातिक तर्फको उम्मेदवार गोलाकार भित्र को हँसिया हटौडा छाप लगाई अत्यधिक बहुमले विजय गराई दिनहुँ हार्दिक अपिल गर्दछु र सँधैं हजुर हरुको सुख दुःख मा साथ रहने प्रतिबद्धता गर्दछु।




Leave a Reply

Your email address will not be published. Required fields are marked *