समाजसेवी कृष्णलाल चौधरीको संयोजकत्वमा खिचरा महोत्सव मूलआयोजक समिति गठन

समाजसेवी कृष्णलाल चौधरीको संयोजकत्वमा १५१ सदस्यीय खिचरा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ। आज बसेको बृहत बैठकबाट उक्त निर्णय गरिएको हो। महोत्सव २०७९ पुस २९ देखि माघ ९ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिएको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सचिव दिपनारायण राउतले बताए। अर्को बैठकमा विभिन्न विषयगत समिति गठन गरिने सचिव राउतले बताए।

थारु समुदायको खिचरा पर्वको अवसरमा हरेक वर्ष खिचरा महोत्सव आयोजना गरिँदै आइरहेको थियो। तर विगत केही वर्षहरुमा कोभिड-१९ का कारण स्थगित भएको थियो। २०७८ सालमा आठौं संस्करणका लागि सम्पूर्ण तयारी भइसकेको भए पनि जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि स्थगित भएपछि संस्थालाई लाखौं रुपैयाँ नोक्सान भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *