काठमाडौंका थारू महिलाले मनाए सामा चकेवा पर्व

काठमाडौंमा बसोबास गर्ने थारू महिलाहरूले सामा चकेवा पर्व मनाएका छन्। थारू महिला समाजको पहलमा थारू महिलाहरू काठमाडौंको माइतीघरमा भेला भई सामा चकेवा मनाएका हुन्। थारु समुदायका दिदी-बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला समाज, उपत्यका समितिकी अध्यक्ष श्यामकुमारी चौधरीले बताइन्।

‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ। यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ। समा राजाकी छोरी थिइन्। बुबाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो। आफ्नै मौलिक परम्परा गीत र संगीत छ। त्‍यसकारण यसको महत्व थारु समाजमा धेरै छ,’ उनले भनिनन्। थारु समुदायमा कात्तिक शुक्ल द्वितिया(भाइटीका)को दिनदेखि सुरु भएर यो पर्व कात्तिक पूर्णिमासम्‍म समाचकेवा गीत, कीर्तनभजन गर्दै मनाउने चलन छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *