नागरिक उन्मुक्ति पार्टीले पाँच जना समानुपातिक उम्मेदवारलाई कारबाही गर्ने

नागरिक उन्मुक्ति पार्टीले समानुपातिक बन्दसूचीमा रहेका पाँच जना उम्मेदवारलाई कारबाही गर्ने भएको छ। पार्टीको विधि, पद्धति मिचेर अनधिकृत क्रियाकलाप गरेको भन्दै संघ र प्रदेशसभातर्फका पाँच जना उम्मेदवारलाई कारबाही गर्ने भएको हो।
पार्टीको हेडक्वाटरले उनीहरूलाई कारबाही गर्ने भएको स्रोतले जानकारी दियो। यद्यपि उनीहरुको नाम भने सार्वजनिक गर्न चाहेन। ‘समानुपातिकर्तफका केही उम्मेदवारहरुले पार्टीको नीति विपरित क्रियाकलापमा लागेको देखियो। उनीहरुले पार्टीविरुद्ध क्रियाकलाप गरेकाले पार्टी विधानबमोजिम उनीहरुलाई कारबाही गर्न लागिएको हो,’ स्रोतले थारुवानलाई भन्यो।
रेशम चौधरी संरक्षक र उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ ६० जना र सात वटै प्रदेशमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ।
नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ३४ जना र प्रदेशसभातर्फ ५७ जना उम्मेदवार उठाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *