थारू समुदायको समस्या समाधानका गर्न प्रतिबद्ध छु : विनोद चौधरी

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरीले थारू समुदायको समस्याको पहिचान र त्यसको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार थारू समुदायका अगुवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा चौधरीले थारू समुदायले पनि आफ्नो हक, अधिकार र समस्या पहिचान गरी अघि बढ्नुपर्ने समय आएको बताए।

‘समस्या के हो म परिचित छु। थारू समुदायमा स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारको अवस्था के छ अझै गहिरिएर बुझ्ने मौका पाएँ,’ चौधरीले भने। सो क्रममा थारू अगुवाहरूले आफ्नो समुदायमा रहेका समस्याबारे जानकारी गराएका थिए।

अर्बपति चौधरीले थारु समुदायले राष्ट्रिय तहमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै विद्यमान समस्याहरुको समाधान गर्न लागिपर्ने बताए।

‘मेरो भूमि नै मेरो अस्तित्व हो। यहाँको कला, संस्कृति, भेषभुषा, चलनचल्ती मेरो पहिचान हो। थारू समुदायले राष्ट्रिय तहमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै विद्यमान समस्याहरूको समाधानमा हरदम लागिपर्ने प्रतिबद्धता गर्दछु। राष्ट्र सेवामा लम्किएका मेरा यी पाइला अब रोकिने छैनन्। जस्तोसुकै आँधीहुरी, तुफान आए पनि डगमगाउने छैनन्,’ बर्दघाट-७ जिमिरेभारका थारु समुदायसँग भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *