थाकस कोरियाद्वारा साढे ५४ हजार आर्थिक सहयोग

थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाले अल्पायुमै मृत्यु भएका सप्तरीका शिव नारायण चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। दक्षिण कोरियाका अध्यक्ष शिवशंकर महतो थारुले चौधरीका छोरा बुहारीलाई नगद ५४ हजार ४६५ रुपैयाँ हस्तान्तरण गरेका थिए।

हस्तान्तरण कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा ३ का वाडाध्यक्ष गुल्टेन चौधरीसमेत सहभागी थिए।

त्यस्तै हस्तान्तरण कार्यक्रममा थाकस दक्षिण कोररियाका वरिष्ठ उपाध्यक्ष सुरेश चौधरी, पूर्व सल्लाहकार उमेश चौधररुी, सदस्य पुरुषोत्तम चौधरीसहित गाउँका अगुवाहरुको सहभागिता रहेको थियो।

कञ्चनरुप नगरपालिका वडा ४ स्थित जगतपुरका ४९ वर्षीय शिवनारायण चौधरीको लडेर मृत्यु भएको थियो। मृतक परिवारको आर्थिक अवस्था नाजुक रहेकाले थाकस दक्षिण कोरियाले उक्त रकम सहयोग गरेको अध्यक्ष थारुले बताए। उनी नेपाल आएका बेला आफैँ सप्तरी पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए।

थाकस दक्षिण कोरियाले समस्यामा परेका अप्रावासी थारु कामदार र नेपालका थारु समुदायलाई आर्थिकरुपले सहयोग गर्दै आएको छ। त्यतिमात्र होइन, दक्षिण कोरियामा थारु साँस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्ने कामसमेत गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *