नागरिक उन्मुक्ति पार्टीले सार्वजनिक गर्‍यो चुनावी घोषणा पत्र (पूर्ण पाठसहित)

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा पत्र- २०७९
जन्मिदै मुद्दा लिएर जन्मिएको पार्टी हो– नागरिक उन्मुक्ति पार्टी । लहडमा खुलेको पार्टी भनेर सम्झिदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनलाई लिएर जन्मिएको सानो संगठन आज पार्टीमा रूपान्तरण हुन पुगेको छ । आफ्ना पाँच दर्जन सहकर्मीमाथि लागेको झुठा मुद्दा र करिब एक दर्जन साथीहरूलाई सरकारी झ्यालखानाबाट छुटाउने दायित्व पनि यही पार्टीको काँधमा छ । साँच्चै भन्नुपर्छ ‘टीकापुर थारू विद्रोह’का कारण नागरिक उन्मुक्ति पार्टीको जन्म भयो ।

टीकापुर थारू विद्रोहका कारण हामीले राज्य चिन्यौं । मानवअधिकार चिन्यौं । सरकार चिन्यौं । भन्नुपर्दा सबैलाई एकएक गरेर चिन्यौं । टीकापुर घटना कुनै एक कोठरीमा वा कुनै पहाडी गुफामा घटेको घटना होइन । त्यो घटनालाई हजारौंका आँखाले देख्यो । प्रत्यक्ष देख्यो । सत्य असत्य सबै देख्यो । तर सुनेनन् कसैले । कोट्याएर पनि यथार्थ बोलेनन् कसैले । अन्तर्राष्ट्रिय निकायको आँखामा धुलो झोँक्न राज्यले आयोग गठन ग¥यो । गल्ती आफूतिर सोझिएपछि राज्यले आयोगको फाइल सरकारी दराजमा थन्काएर राख्यो । त्यही फाइल सार्वजनिक गर्न ‘टीकापुर थारू विद्रोह’ राजनीतिकरण गर्न, झुठा मुद्दा लागेका आफ्ना सहकर्मी छुटाउन र समग्र देशको विकासमा हातेमालो गर्न सन् २०२२ फेब्रुअरी १५ तारिख अर्थात् विसं २०७८ फागुन ३ गते सोही घटनाका कारण डिल्लीबजार कारागागरमा रहेका माननीय रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।

टीकापुर थारू विद्रोहका कारण सात सुरक्षाकर्मी र एक बालकले सहादत प्राप्त गरे । हाम्रो नागरिक उन्मुक्ति पार्टी ती वीर सहीदप्रति सम्मानसहित श्रदाञ्जली अर्पण गर्दछ । ती वीर सहिदका सन्तानले पनि न्याय पाउनुपर्छ । तीमाथि व्यभिचार गर्ने तत्वको पहिचान गरिनुपर्छ साथै उक्त घटनापश्चात् टीकापुर वरिपरि थारू गाउँमा गरिएको बर्बर दमन र चरम यातनाको हिसाब किताब पनि राज्यले गरिदिनुपर्छ । के टीकापुर थारू विद्रोह कुनै लडाकु बन्द क्याम्पभित्र गरिएको हो रु के कसैको एकल आदेशमा त्यो बर्बरतापूर्ण घटना घट्यो रु होइन । त्यो घटना देख्ने नजरहरू हजारौं थिए । भिडन्त भइरहँदा रोक्ने, छुटाउने पनि हजारौं थिए र घाइतेहरूलाई बोकेर अस्पताल पु¥याउने पनि उतिकै थिए । ती सब राज्यलाई थाहा छ । राज्यले गठन गरेको लाल आयोगको प्रतिवेदनमा ती सबै कुरा उल्लेख छ । तैपनि राज्य मौन छ । आखिर त्यो फाइल नखोल्नुमा के रहस्य छ ?

हजारौं नजरले देखेको त्यो दूर्भाग्यपूर्ण घटना
कसले पो गरेन र त्यो घटनाको आलोचना
घटना घटेकै हो, आँखाहरूले देखेकै हो
र पनि किन हुँदैन, त्यो घटनाको यथार्थ विवेचना ।

आखिर टीकापुर थारू विद्रोहलाई राज्यले राजनीतिक आन्दोलन किन मान्दैन रु विनाकारण निर्दोषलाई किन थुनिरहन्छ राज्यले रु त्यो घटनाका कारण थारूहरूले आन्दोलन तुहाए । विनाकारण चरम यातना र बर्बर दमन सहे । त्यति अन्याय गरेर पनि चित्त बुझाएन राज्यले । थारूहरूको पहिचानसहित संघीयताको मागलाई लत्यायो राज्यले ।

उद्देश्यसहितको आन्दोलन, बनाइयो विना उद्देश्यको
विशेषण अपुरो हुन्छ ब्याकरणमा, विना विशेष्यको
न तराजुसम्म भो, न त मागको झोली भरियो
भिजेनन् पैताला पनि, हरे कस्तो खोली तरियो ?

दृश्य एउटा थियो बनाइयो दृश्य अर्कै
कथा एउटा थियो, पटकथा लेखियो अर्कै
खुल्ने हो कहिले प्रतिवेदन त्यो लालको
नखुलेरै जेलमा बेहाल भो रेशम लालको

भौगोलिक सांस्कृतिक पहिचानसहतिको संघीयता माग्दा अहिले धेरै लोकतन्त्रवादी नेताको टाउको दुख्छ । भूगोल, धार्मिक पहिचानका विषयमा फुस्रो अडान लिएर मभन्दा ठूलो कोही राष्ट्रवादी छैनन् भनेर देखाउने यिनको प्रवृत्ति छ । हामीले पहिचानको विषय उठान गर्नेवितिकै यी हामीलाई देशद्रोही देख्न थाल्छन् । तर जागजाहेरै छ, विगतदेखि वर्तमानसम्मको सबै आन्दोलनमा हामी यिनैको साथमा छौं ।
अहिले परिस्थिति फेरिएको छ । आगत विगत सबै जननिर्वाचन हामी जित्दैछौं र पनि राज्यले हाम्रो अभिमतलाई मत मान्दैन । उसको नजरले सहयात्री दोषी भए पनि निर्दोष हुन्छन् । चुनौती दिनसक्ने क्षमतावान नेताहरू निर्दोष भए पनि कालकोठरीमा थुनिन्छन् ।

एक चुनाव जित्यौं, दुई चुनाव जित्यौं
सबै चुनाव हामीले नै जित्यौं
जनताले न्याय दिएको देख्दैनरैछ राज्यले
दोषी आफैंमा सामेल गराई निर्दोषी थुन्दोरैछ राज्यले

मर्ने मार्ने दुबैलाई चिन्याछ राज्यले
घटना देख्न्या दुई चार मान्छे किन्याछ राज्यले
सरकार चलाउने साँचो आफूसँग नभएपछि
एकदिन देश कसैलाई सुम्पिदिन्याछ राज्यले

जसले जनता मारिरहन्छन् उनै चुनावमा खडा छन्
अरू सबलाई सानै ठान्छन् उनै जहिल्यै बडा छन्
कयौंको त्याग प्रष्ट छ सयौंले फटाए भोटो पनि
जहिल्यै टिकट उनैको भागमा दिइरहन्छ पार्टीले मोटो भनि

पूजनीय मतदाता वर्ग,
राज्यले जारी गरेको ‘नेपालको संविधान २०७२’ अपूर्ण छ । देशको संविधान सर्वमान्य, सर्वपक्षीय हुनसकेन भने राज्यको संरचना परिवर्तन हुन रत्तिबेर लाग्दैन । हाम्रो नागरिक उन्मुक्ति पार्टी चाहन्छ, संविधान सर्वहिताय हुनुपर्छ । कानुन, नीति निर्माण गर्नेहरू पनि एक पक्षीय एक समूह बनाइनु हुँदैन । विभेदित संविधानले विग्रह उत्पन्न गर्छ । जातीय एकल नश्लवादको सबैभन्दा विरोधीहरूले नै संविधानतः यो देशमा एकल राज्य संरचना लागू गर्न खोजेका छन् । यो कुराको जोडदार आवाजको साथै सर्वपक्षीय, सर्वहिताय, सर्वमान्य संविधान निर्माणमा हाम्रो नागरिक उन्मुक्ति पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

नागरिक उन्मुक्ति पार्टीलाई किन दिने भोट ?
१। स्वदेशको सम्पदालाई स्वदेशीले नै सदुपयोग गर्न पाउने आवश्यक कानुन बनाउन । जस्तै स्वदेशीले सजिलै लगानी गर्नसक्ने जल, ऊर्जा, कृषि क्षेत्रमा नागरिक लगानीको ज्ञारेन्टी गर्न ।
२। राज्यको कानुनले जातीय वर्गीकरण गर्न पाइँदैन । संसदमा सबै वर्ग र जातको अनिवार्य उपस्थिति बनाइनुपर्छ । त्यसैले निर्वाचन क्षेत्र पनि महिला, दलित, जनजाति, सीमान्तकृतका लागि आरक्षित गरिनुपर्छ । जस्तैः कर्णाली प्रदेशको कुनै एक क्षेत्र राउटेका लागि, मधेसको कुनै एक क्षेत्र मुसहरको लागि, जनसंख्या र क्षेत्रको आधारमा थारू, मधेसी, मुस्लिम, महिला, जनजातिको स्पष्ट आरक्षित क्षेत्र हुनुपर्छ । संसदमा सोही कानुन निर्माणका लागि पनि नागरिक उन्मुक्ति पार्टीलाई भोट दिनु आवश्यक छ ।

वास्तविकता
जब–जब चुनाव आउँछ, नेताकी श्रीमतीले ढकुटीको साँचो पुछ्न थाल्छिन् । नेताजीलाई नातागोता याद आउन थाल्छ । बाको गम्छा, आमाको पछ्यौरी, भुराभुरीलाई नाना सम्झिन थाल्छन् उनी । चुनावको बेलामात्रै उसको नजरले गाउँको बाटो विग्रिएको देख्छ । पुल पुलेसा भत्किएको देख्छ । स्कुले टिनको छानो खिइएको देख्छ । ऊ प्रत्येक चुनावमा भतेर गर्छ । भोजमा सबैलाई आमन्त्रण गर्छ । मदिरा पिलाएर झुमिएको बेला प्रत्येक चुनवमा एउटै सपना बाँड्छ– गाउँ समृद्ध बनाउने, सहर स्मार्ट बनाउने र देशलाई अमेरिका, युरोप बनाउने । ऊ कहिल्यै छाती ठोकेर भन्दैन, म नेपाल बनाउँछु । मेरो गाउँ, बनपाखा, पखेरा जस्तो थियो, उस्तै बनाउँछु । अहँ, ऊ भन्दै भन्दैन, मेरो गाउँ पौराणिक बनाउँछु । बरू माइकको हरण फुट्ने गरी चिच्याई चिच्याई भन्छ, ‘म देशलाई स्वीट्जरल्यान्ड बनाउँछु ।’

ऊ सधैं सोझा गाउँलेहरूलाई सपनामात्रै बाँडछ । प्रत्येक चुनावमा जनता ढाँट्छ । गाउँ छेउँको बग्ने खेला देखाएर भन्छ– यो खोलाबाट विजुली निकालेर गाउँ, सहर झिलिमिली पार्छु । उद्योग, कल कारखाना चलाउँछु । बचेको विजुली विदेशमा बेच्छु ।

वास्तविक देखिने डाँडा देखाएर नेताजीले सपना बाँडछन्, ‘अब यही डाँडामा केवलकार चलाउने हो ।’ हाँसो त तब छुट्छ, जब कम्मरमुनि पान्ी बग्ने खोला देखाउँदै नेताजीले भाषण गर्छन्– ‘यी नदीहरूमा पानी जहाज चलाउँछु ।’

अब त हामीलाई पनि जनता ढाँट्ने नेता मन पराउने बानी भइसक्यो । जुन नेताले बढी ढाँट्छ, उही हाम्रो सर्वोच्च नेता । जसले प्रत्येक चुनावमा ढाँट्छ, उही सबैभन्दा पुरानो पार्टी । ढाँट्दा ढाँट्दा सताब्दी पु¥याउनै लागेका तिनै राजनीतिक पार्टीचाहिँ हाम्रो नजरमा ऐतिहासिक दल बनेको छ ।

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू,
हाम्रा राजनीतकि दलहरूले नीति, विधि, पद्धतिको कुरा गर्छन् । विधानमा लेख्छन् । कार्यकता प्रशिक्षणमा विदेशीबाद पढाउँछन् । सिद्धान्तका पंक्ति घोकाउँछन् । तर के, हाम्रो देश बनाउन आजसम ती नीति, बाद, सिद्धान्त लागू भएको छ रु हामीले कुन विदेशी नेताको बाद खोज्ने हो रु कुन देशको नीति, सिद्धान्त लागू गनूपर्ने हो रु हामीले हाम्रै देश बनाउने नीति, सिद्धान्त, बाद लागू गर्ने पार्टी र नेता किन खोज्दैनौं रु
समाजमा सबैभन्दा बढी शोषक नेतालाई हामीले समाजवादी नेता भन्छौं । साम्यवादी नेताको दैलो नै सबैभन्दा बढी सुनचाँदीले सिंगारिएको छ यहाँ ।

त्यसैले दाजुभाइ तथा दिदी बहिनीहरू,
नेपाली नीति, नेपाली परिवेशको समाजवाद, सामाजिक विकास संरचनाको सिद्धान्तलाई अवलम्बन गर्ने नीति हाम्रो उदाउँदो नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।

यो हाम्रो २०७९ प्रतिनिधिसभा एवं प्रदेशसभाको घोषणा पत्र हो । तर हामी दर्जनौं पाना जनतालाई बेवकुफ बनाउने शब्द खर्चिदैनौं । हामीले गर्नसक्ने सम्भव कुरामा मात्रै जोड दिन्छौं । गरेर देखाउन सकिनेजति मात्रै बोल्छौं । हाम्रो नागरिक उन्मुक्ति पार्टी अहिले साइवेरियाबाट उडेको पन्छीको झुण्डजस्तै छ । भर्खरै साइवेरिया ताल छोडेको पन्छीले दक्षिण एसियाको सुन्दर देश नेपालको रारा, फेवा, घोडाघोडी पुग्न अझै केही महिना जरूर खर्चिनुपर्ला । तर गन्तव्य निश्चित छ, साइवेरियाको पन्छीजस्तै ।

नागरिक उन्मुक्ति पार्टीको चुनावी घोषणा पत्रमा साइवेरियाली पन्छीको कुरा कहाँबाट आयो भनेर तपाइँहरू अचम्म मान्नुहोला । प्रत्येक वर्ष साइवेरिया लेकबाट लाखौं पन्छीको झुण्ड संसार विचरण गर्न निस्कन्छन् । त्यसरी उडेका पन्छी कोही उड्दाउड्दै समुन्द्रमा खस्छन् । कोही विरामी भएर बाटोमै मर्छन् । कोही बाटो भुलेर भड्किरहेका हुन्छन् । मर्ने पन्छीहरूको कथै समाप्त भो तर बाटो भुलेर भड्किरहेका हजारौं पन्छीहरूलाई साइवेरियाली पन्छीले पुनः घर लगेर जान्छन् । हाम्रो पार्टी पनि त्यही लक्ष्यमा छ । यहाँ गन्तब्यविहीन, लक्ष्यविहीन, अर्थविहीन राजनीतिक दलहरूको दबदबा भयो । यिनलाई भड्किएको, भुलेको बोटोबाट सही दिशा निर्देश गर्न नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।

शुभारम्भ
विसं २०७९ फागुन ३ अर्थात् २०२२ फेब्रुअरी १५ तारिख नेपाल सरकार, निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीलाई आधिकारिक प्रमाणपत्र प्रदान ग¥यो । फागुन ३ गते जन्मिएको पार्टीले २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहमा विजयी प्राप्त ग¥यो । पार्टी जन्म भएको ८७ दिनमै ९९ जनप्रतिनिधि र एक जिल्ला समन्वय समिति सदस्यलाई जिताउन सफल नागरिक उन्मुक्ति पार्टीले नौं महिनामै प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको सामना गर्दैछ ।

जन श्रमदानबाटै मुलुकको विकास गर्न सकिन्छ
‘भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता’ स्थापना गर्ने पार्टीको मुख्य उद्देश्य हो । पूर्ण अधिकारसहितको स्थानीय तथा प्रदेश सरकार हुनुपर्दछ र बनाइनुपर्दछ ।
भूगोल, संस्कृति र पहिचान स्थापित गर्ने सपना बोकेको विश्वको एकमात्रै राजनीतिक दल नागरिक उन्मुक्ति पार्टीले अब अक्सफोर्ड, हावार्ड, क्याम्ब्रिज होइन, हाम्रो आफ्नै पहिचान पढाउने विश्वविद्यालय हुनुपर्दछ भन्ने उद्देश्य राख्दछ ।

१। हामी विश्वका ठूला र विकसित राष्ट्रको उदाहरण दिएर होइन, आफैं विश्वमा नमुना बन्न सकौं, अरू राष्ट्रले हाम्रो सिको गरून् । विश्वमा उदाहरणीय देशअन्तर्गत कसरी स्थापित गर्न सकिन्छ भन्ने सोच राखेर नीति निर्माण गर्नसके मात्रै हाम्रो देश समृद्ध हुनसक्छ भन्ने चेतना अवलम्बन गरौं ।
२।सत्य तथ्य कुराको मात्रै आँकलन गरौं । हावाबाट विजुली, नदीहरूमा पानीजहाज, एक वर्षभित्रै रेल गुडाउने मनगढन्ते दाबी सपना बाँड्ने राजनीतिक युगको अन्त्य गरौं । बरू जनताको साइकल, रिक्सा, कार, सार्वजनिक यातायात चल्ने राजमार्गको मर्मत सम्भार गरौं । मेचीदेखि महाकालीसम्मको चौविसै घन्टा जनता आवतजावत गर्ने पूर्व–पश्चिम रेलमार्ग बनाइ रेल गुडाउने सपनाको शब्द कुनै राजनीतिक दलले आफ्नो चुनावी घोषणपत्रमा उल्लेख गर्दैछ भने बुझौं, त्यो राजनीतिक पार्टीले फेरि पनि जनता ढाँट्ने कोसिस गर्दैछ ।
३। केही समय पहिलेमात्रै हाम्रो देश नेपालमा समूहमा जन श्रमदान गरी सामाजिक कार्य गर्ने अतिराम्रो संस्कार थियो । आजभोलि त्यो संस्कार व्यक्ति स्वार्थका कारण विलीनजस्तै भएको छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीले हरेक जनसरोकार, सामाजिक विकास, सामूहिक क्रियाकलाप, सार्वजनिक निर्माणका हरेक कार्यलाई जनश्रमदानबाट सम्पन्न गर्ने उद्देश्य लिएको छ । यसले राज्यबाट जन रोजगार प्रदान गरेको देखिन्छ र अन्य अतिरिक्त कार्य गरी जनताको आय आर्जनमा वृद्धि हुनेछ । सबैले स्मरण गर्नुपर्छ, सामूहिक श्रमदानबाट आज ठूल्ठूला देशहरू अतिविकसित राष्ट्रको सूचीमा दर्जित भएका छन् ।
४। हरेक विकास निर्माण कार्यमा जन श्रमदान नै हाम्रो पार्टीको अभियान हुनेछ । पारिश्रमिकसहतिको श्रमदानले मुलुकमा भ्रष्टाचारको न्युनीकरण गर्दछ । यस्तो श्रमदानबाट निर्मित हरेक विकास कार्य पारदर्शी हुन्छ । ‘परिश्रमिकसहितको जनश्रमदान रु’ आश्चर्य नमान्नुस्, सही प्रक्रियाको अवलम्बन गरेर नै छिमेकी राष्ट्र चीन आज विश्वको अति विकसित राष्ट्र बनेको हो ।

युवा स्वरोजगार कार्यक्रम
अहिले हाम्रो देशको सबैभन्दा विकराल समस्या भनेकै यूवाशक्तिको श्रम बाह्य मुलुकमा खर्च भैरहेको अवस्था हो । विश्वकप खेल्ने आकर्षक खेल मैदान देखि संसारकै गगनचुम्बि महल बुर्जखलिफा निर्माणमा हाम्रै नेपाली युवा श्रमको मुख्य हात छ । भन्दा आश्चर्य लाग्ला, तर विदेशमा हाम्रै युवाहरूले उत्पादित अधिकांश खाद्य सामाग्री हामी यतै उपभोग गरि रहेका हुन्छौं ।

भौगोलिक स्वर्गको उपहार पाएको नेपाल विश्वमा साँच्चै अल्छि र सूताहाको उपमा पाइ रहेको छ । के हुँदैन यहाँ रु के सम्भव छैन यहाँ रु सब सम्भव भएर पनि असम्भाव्यताको उपमा हामीले नै बोकिरहेका छौं । हामी कहाँ बगिरहेका खोला नालाले हाम्रै भूमि भिजाउन हामी किन सकिरहेका छैनौं रु आफ्नो जमीन आफै खनजोत नगरेर विदेशको भूमि जोत्न किन बाध्य भई रहेका छौं । यो सबै चेतनाको अभावले झेल्न बाध्य छौं हामी ।

१। युवाहरूलाई विदेशिनबाट रोक्न हाम्रो नागरिक उन्मुक्ति पार्टीले युवा स्वरोजगार कार्यक्रमलाई विशेष ध्यान दिएको छ । हिमाल, पहाड, तराइका कुनै जमीनहरू खालि हुन नदिने हामीले विशेष प्याकेज नै तयार गरिरहेका छौं । विदेशबाट आयात हुने फलफूल, तेल, दुग्धजन्य पदार्थ, माछामासु, आदिलाई पूर्ण रूपमा विस्थापित गराई केही वर्षभित्रै निर्यात गर्ने अवस्थामा पुर्‍याउने छौं ।
२। हामी कहाँ भूगोलविद् कृषि विज्ञलाई सम्मान गर्ने र तिनीहरूबाट उचित सुझाव ग्रहण गरी शिरोपर गर्ने अवस्था सृजना भैसकेको छैन । सामान्य र सहज रूपमै खोलानालाको पानीले धर्ति कसरी भिजाउने रु हिमाल, पहाड, तराइमा के कस्ता खेती गरेर प्रचुर मात्रामा लाभ लिन सकिन्छ, सो को अध्ययन गरि यूवा स्वरोजगार कार्यक्रमको विशेष र बृहत योजनाको तर्जुमा गर्नेछौं ।
३। फलफुल तथा लहराजन्य खेतीमा ध्यान दिई हरितकण संकलन गरेर विश्वका विकसित राष्ट्रले दिने क्षतिपूर्ति सिधैं संकलकले पाउने व्यवस्था गर्नेछौं ।
४। सरकारले भर्खरै अनुमति दिएका मासु उपभोग हुने प्रकारका वन्य जीवजन्तु तथा पशुपक्षीलाई पालन गरि विक्री वितरणका लागि विदेश निर्यात गर्ने व्यवस्था मिलाउने छौं ।
५। ‘टेक्यो कि हरित, देख्यो कि हरित’ हाम्रो नागरिक उन्मुक्ति पार्टीले युवाहरूलाई ल्याएको विशेष योजना हो ।

६। हाम्रो नागरिक उन्मुक्ति पार्टीको जनप्रतिनिधि भएको स्थानमा निशुल्क फलफूलको विरूवा प्रदान गीि उत्पादन हुने अवस्था सम्मको विशेष योजना ल्याउने छौं ।

‘हाम्रा जनप्रतिनिधिले यी कार्य गर्ने छैनन्’
क० कृषि जमीनको खण्डीकरण
ख० सार्वजनिक सम्पत्तिको दोहन
ग० ठेक्कापट्टाबाट लाभ
घ० धार्मिक क्षेत्रमा लगानी
ङ० राजनीतिक विभेद्

नीति
लेखिएका नीतिभन्दा देखिएको नीतिले आज मुलुक बर्बादीकरणको बाटोमा छ । समाज र राष्ट्रको भन्दा निजी स्वार्थका कारण देश डुब्दैछ । नीति बनाउने पनि उही, लागू गर्ने, गराउने पनि उहीका कारण समाज अग्रपथमा लम्किन सकेको छैन । के छैन यहाँ रु के हुँदैन यहाँ रु के सम्भव छैन यहाँ रु यति हुँदाहुँदै पनि हामी असफल मार्गको रिले दौड किन दौडिरहेका छौं ।

देश दलका नेता कार्यकर्ताको दलालीका कारण डुब्दैछ । गलत नीति निर्माणका कारण आज विदेशी मुद्रा सञ्चिति हुन सकेको छैन । वार्षिकी अर्बौं रूपैयाँ विभिन्न बहानामा विदेशिन्छ । आफ्नै देशमा युवाहरूलाई शिक्षित बनाउनसक्ने न शिक्षा नीति छ, न शिक्षालय नै । भएका विश्वविद्यालयहरू शून्य हुन थालिसके । खेत बाँझा छन् । भएको उत्पादन बिक्दैन । वन रित्तिन थालिसके । कंक्रिटको महलमा बस्नेले वस्त्रदेखि खानपानसम्म विदेशी प्रयोग गर्न थालेका छन् । अनि कसरी बन्छ मुलुक ?

नेपाली किसानको धान तीन हजार रूपैयाँ क्विन्टल बिक्री हुँदैन, विदेशी चामललाई दस हजार रूपैयाँ क्विन्टल तिरेर खानुपर्छ । अनि कसरी बन्छ मुलुक ?
नेपाली किसानको तरकारी ५ रूपैयाँ किलोमा बिक्दैन, विदेशी तरकारी ५० रूपैयाँ किलोमा उपभोक्ताले किनेर खान बाध्य छन् । अनि कसरी बन्छ मुलुक ?
विचौलियाको निर्मलीकरण नभएसम्म देश विकास सम्भव छैन । देश बनाउन ठोस नीति निर्माण र त्यसको सही कार्यान्वयन एकमात्र विकल्प हो । जस्तै:
१। नीति बनाएरै तरकारी, फलफूलको आयात बन्द गरिदिनुपर्छ । विदेशी तरकारी र फलफूल खाएरमात्रै हाम्रो जीवनयापन स्वस्थ र समृद्ध हुन्छ भन्ठान्नु गलत सोचको घर हो । तरकारी, फलफूल उत्पादनमा यहीँको युवा शक्तिलाई परिचालित गर्नुपर्छ । यहाँ प्रशस्त खाली जमिन छन्, युवा बेरोजगार छन् । खाली रहेका जमिन उपयोगिता र बेरोजगारी अन्त्यका लागि भएका उत्पादन खपत गराउने अनि बचेका निर्यात गरी विदेशी मुद्रा सञ्चिति गर्ने ठोस नीति बनाउने प्रण हाम्रो नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।
२। विदेशी मदिरा, सुर्तिजन्य पदार्थ, नेपालीको आयभन्दा अधिक महँगा पोसाकजस्ताको आयातित चिजहरू नीति बनाएरै बन्द गरिनुपर्छ ।
३। देशमा एउटै शिक्षा अध्यापन गराउनुपर्ने नीति ल्याउनुपर्दछ । शिक्षालाई सस्तो र महँगो बनाउने वातावरण बन्द गरिनुपर्दछ । कर्णालीको नागरिक, कमैया, गरिबले पढ्ने शिक्षा र धनीले पढ्ने शिक्षा फरक हुनु हुँदैन । क, ख, ग, घ र एबीसीडी अक्षर सबैका लागि समान बनाइनुपर्दछ । नागरिक उन्मुक्ति पार्टीले यो नीति ल्याउन ठोस पहल गर्ने छ ।
४। शिक्षा कतिसम्म निशुल्क रु नागरिकलाई शिक्षित बनाउनु राज्यको दायित्व हो । जबसम्म शैक्षिक शुल्क र शिक्षालयको मापदण्ड तोकिदैन, तबसम्म शैक्षिक क्षेत्रमा विकृति मौलाइरहन्छ । कम्तिमा स्नातकसम्मको शिक्षा राज्यले नागरिकलाई निशुल्क प्रदान गर्नुपर्दछ अनि मात्रै देशका नागरिक पूर्णरूपमा शिक्षित हुने अवस्थाको सिर्जना हुन्छ ।
देश सबल, सक्षम र समुन्नत बनाउनका लागि जनता शिक्षित हुनैपर्छ, त्यसैले उत्कृष्ट शिक्षा नीति ल्याउनका लागि नागरिक उन्मुक्ति पार्टीले पहलमात्रै गर्नेछैन, ल्याएरै छोड्नेछौं भन्नेमा हामी दृढ छौं ।

स्वरोजगारमूलक शिक्षा
सुन्दा आश्चर्य लाग्छ । तर यथार्थ यही हो । अब विश्वले नै धेरै छिटो अपनाउने शैक्षिक प्रणाली यही हुनेछ । हाम्रो नागरिक उन्मुक्ति पार्टी विजयी क्षेत्रमा लागू हुने यो शैक्षिक प्रणाली विश्वमै लागू हुने पहिलो शिक्षा प्रणाली हुनेछ ।
इन्टरनेटका कारण आज विश्व सांगुरिएको छ । संसारका आश्चर्य, अद्भूत र कहिल्यै कल्पना नगरिएका कुराहरू हामी आफ्नै हत्केलामा राखेर मोबाइल यन्त्रमार्फत् देख्न सक्छौं । त्यसका बारेमा जानकारी पाउन सक्छौं र सिक्न सक्छौं । आज युरोप, अमेरिकालगायत संसारका विकसित, अति विकसित मुलुकहरूमा विद्यार्थीहरूलाई फेल गराउन पाइँदैन । त्यहाँ अहिले पुस्तकीय ज्ञानभन्दा बढी व्यवहारिक शिक्षा प्रदान गर्न थालिएको छ । ‘अबको शिक्षा व्यवहारिक र स्वरोजगारमूलक हुनु पर्दछ’ यो विश्वका विद्वानहरूको कथन हो । मुलुकमा चेतनशिल विद्वान नेताहरूको कमिका कारण आज सभ्य शिक्षित र चेतनशिल युवाहरू विदेशिन बाध्य छन् । किन रु यो देशमा रोजगार सम्भव छैन रु हिजो विश्वका अन्य राष्ट्रमा कृषि उत्पादन निर्यात गर्ने हाम्रो देश आज आयात मात्रै गर्ने अवस्थामा कसरी पुग्यो रु के यहाँको प्राकृतिक भौगोलिक अवस्था त्यति जर्जर छ ?
आँखा चिम्लेर मनन गरौं । बालुवै वालुवा मरूभूमि क्षेत्र खाडी मुलुक नेपाली युवाहरूको मेहनतले आज विश्वकप खेल्ने मैदान भइसक्यो । माटो नपाइने मुलुकले धान चामलमा आत्मनिर्भर भई निर्यात गर्न थालिसके । विदेश जाने सबै युवाहरू वैज्ञानिक, इन्जिनियर, डाक्टर बन्न पक्कै गएका होइनन् । श्रम बेचेर घर गुजारा चलाउने उद्देश्यले विदेशिएका हाम्रा युवाहरू जे पायो त्यही काम गर्न बाध्य छन् । किन रु कारण एउटै हो, हाम्रो सरकारले व्यवहारिक रोजगारमूलक शिक्षा दिएकै छैन ।
हाम्रो देशमा गलत व्यक्ति र तिनको प्राकृति हावी हुँदै गएको छ । त्यही कारण पनि युवाहरू वाक्क भई प्रवासिन बाध्य छन् ।

स्वरोजगारमूलक शिक्षा भनेको के हो ?
क० आत्मनिर्भर कसरी हुने ?
ख० आज सिकिएको शिक्षा भोलि कसरी लागू गर्ने ?
ग० डाक्टर, इन्जिनियर, पाइलटमात्रै देशका दक्ष जनशक्ति होइनन् । कृषक, शिक्षक, सानो व्यपारलगायत माछा, पशुपन्छी पालक, आदि पनि देशका शिक्षित र सभ्य नागरिक हुन् भन्ने स्वीकारयुक्त शिक्षाको सुरूवात गर्ने ।

आज विश्वको परिचय फरक फरक तरिकाले हुँदै गएको छ । कुनै देश धानमा निर्भर छ भने कुनै देश माछामा । कुनै देश तोरीमा निर्भर छ भने कुनै देश माछामासु वा दुधमा । हाम्रो देश सम्भावनै सम्भावनाको देश हो । यहाँ जे गरे पनि हुन्छ । राज्यले सही दिशा निर्देश गरे विश्वकै गन्तीमा आउने फलफूल निर्यात गर्ने देश भनेर चिनिन सक्छ । आफ्नो उत्पादनले हामी मजाले जीवन धान्न सक्छौं । तर चेतनाको कमि र नेताहरूको विचौलिया पाल्ने धन्धाले आज हामी दिनप्रति दिन गरिबीको रेखामुनी झर्दै गइरहेका छौं । हामीले नागरिक उन्मुक्ति पार्टी त्यसै खोलेका होइनौं । हामीसँग देश बनाउने खाका छ ।

महिला उद्यमीको विकास
नेपालमा करिब ८७ प्रतिशत महिला गृहिणीको नाममा घरमै जीवन विताउन बाध्य छन् । समाज र राष्ट्रका लागि ‘नरनारी एक रथको दुई पांग्रा’ कथनमात्रै हुन गएको छ । संविधानले ३३ प्रतिशत महिला सहभागिता अनिवार्य भनेता पनि यो अझै पूर्ण लागू भइसकेको छैन । यहाँ कलकारखाना उद्योग सञ्चालक पर्यटन व्यवसायी, व्यापारी, सामाजिक कार्यको अगुवा, निर्माण व्यवसायी तथा राज्यले संविधानमा निर्धारण गरेभन्दा बाहेक महिला सहभागीता लगभग शून्य छ । तपाईँले कहिल्यै सुन्नुभएको छ, यो पाँचतारे होटल सञ्चालक महिला हुन् रु फलाना सिमेन्ट उद्योगको सञ्चालक महिला हुन् रु अब हुनेवाला प्रधानमन्त्री महिला हुन् रु धेरै बोल्नु वा घोषणा पत्रमा उल्लेख गरिरहनु जरूरत छैन । के हामी आफ्नैै श्रीमती, बहिनी, आमा वा घरका अन्य महिलालाई कुनै व्यवसाय प्रमुख वा मुख्य जिम्मेवारी दिन सहमत छौं रु जे जस्तो होस् घर, समाज, राष्ट्र उत्थानका लागि महिलालाई सँगै लिएर गए दौड सहजै जित्न सकिन्छ । अहिले राज्यको सबैजसो टप्कामा प्रतिस्पर्धा गर्न सक्षम महिलाहरूलाई जरैबाट मलजल गर्नु आवश्यक छ । यसको पहलकदमि नागरिक उन्मुक्ति पार्टीले गर्न चाहन्छ ।

ग्रामीण गृहिणीको उत्थान, समाज र राष्ट्रको उत्थान हो । अब महिलाले चुलोचौको मात्रै होइन, साना उद्यमी घरमै बसेर बन्न सक्छन् । घरकै आँगन, बारी, करेसा डुल्दै आय आर्जन गर्न सक्छन् । घरखर्च, छोराछोरी पढाउने खर्च आफ्नै पटुकीमा साँचेको पैसाले पु¥याउन सक्छन् । झुपडीमा बसेर महल किन्ने आँट छ भन्ने दम्भको सिर्जना हरेक ग्रामीण महिलालाई गराउनु जरूरी छ । त्यसका लागि नौलो नभए पनि व्यवस्थित र परिपार्जित योजना महिलाहरूको लागि हामीले अगाडि सारेका छौं । स्थानीय महिलालाई सीपमूलक तालिम प्रदान गरी रोजगार प्रदान गर्नु हाम्रो पार्टी नाउपाको प्रमुख दायित्व हो ।
क० सामूहिक फलफूल तथा तरकारी खेती
ख० सामूहिक पशुपालन ९माछा, भैंसी, बंगुर, कुखुरा, बाख्रा, माहुरी, आदि०
ग० सामूहिक साना उद्योग ९कपडा, दुना टपरी, अगरवत्ति, इत्यादि०

क० सामूहिक फलफूल तथा तरकारी खेतीः– बाँझो तथा सुलभ मूल्यमा जग्गा भाडामा लिई सामूहिक फलफूल तथा तरकारी खेती गर्न लगाउने । आवश्यक उपकरण, मलको जोहोमा ध्यान दिने । उत्पादन बिक्री वितरणका लागि बजारिकरणमा सहयोग पु¥याउने । यसरी यो प्रणालीमा सहभागी हुने महिला समुहलाई निःशुल्क विउ विजन उपलब्ध गराउने ।
ख० सामूहिक पशुपालनः– व्यवस्थित पशु आश्रय स्थल ९खोर, गोठ, घार, आदि० बनाउन टेवा पु¥याउने । वीउ पशु सहुलियत दरमा उपलब्ध गराउने । बजारिकरणमा सहयोग गर्ने ।
ग० सामूहिक साना उद्योगः– स्थानीय महिलाले सीपको सदुपयोग नै साना उद्योग मार्फत गर्ने हो । महिला समुहले दुना टपरी, कपडा, झोला, पौराणिक सामाग्री उत्पादन
ढकिया, डेलवा, छिटवा, आदि० अगरवत्ति, मैनवत्ति तथा अन्य प्रकारको साना उद्योग सञ्चालनका लागि प्रोत्साहनमूलक कार्यक्रम नागगरिक उन्मुक्ति पार्टीले ल्याउने छ ।

उत्पादनसँग नागरिकलाई जोडने
विचौलियाको अन्त्य विना मुलुक, समाज कसैको भविष्य सम्भव छैन । हाम्रो देशले फड्को मार्न नसक्नुको एउटै कारण विचौलियाको विगविगी हो । आज हाम्रो देशको नेता देखि विकास, व्यापार निर्माण, उत्पादन, यहाँ सम्मकि शिक्षा र स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रमा समेत विचौलियाको वर्चस्व छ । यदि समयमै विचौलिया निरूत्साहित गर्ने योजना नल्याउने हो भने देशैं विचौलियाको हातमा नपुग्ला भन्न सकिन्न । यसका लागि नागरिक उन्मुक्ति पार्टीले ‘उत्पादनसँग नागरिकलाई जोड्ने’ विशेष योजना ल्याएको छ ।
के छ योजनामा ?
१। नागरिक उन्मुक्ति पार्टी विजय भएको क्षेत्रमा कुनै पनि कार्य विचौलिया मार्फत गर्ने छैन ।
२। कृषक, उद्योगी, उद्यमी, आदिले उत्पादन गरेका वस्तु उनै मार्फत विक्रि वितरण गर्ने व्यवस्था गर्नेछौं ।
३। विकास निर्माणका कार्यहरू सामूहित परिश्रमसहितको उत्पादनबाट व्यवस्था मिलाउने छौं ।
हामी गर्नेछौं
१। शुद्व पिउने पानीको ज्ञारेन्टी ।
२। एक पालिका एक वृद्धाश्रम
३। जेष्ठ नागरिकको मासिक एकपटक स्वास्थ्य जाँच ।
४। गरिब, सुकुम्बासी, मजदुरका बालबालिकालाई सतप्रतिशत शिक्षा निशुल्क ।
५। स्वरारेजगारको आधारभूत तालिम ।
हामी गर्दैनौं
१। घुस खान्नौं ।
२। भ्रष्टाचार गर्दैनौं ।
३। कसैको दबाब तथा अनावश्यक करकापमा रहेर अनुचित कार्य गर्नेछैनौं ।

स्वास्थ्य
हरेक मुलुकको शाकसदेखि राज्य सञ्चालनसम्म सबैले चाहन्छन्– आफ्ना नागरिक स्वस्थ रहुन् । स्वस्थ नागरिक बिना मुलुक सञ्चालनको परिकल्पना गर्न सकिँदैन । सबैजसो राजनीतिक दलहरूको एजेण्डामा स्वास्थ्य शीर्षक बिनाको घोषणापत्र, प्रतिवद्धतापत्र सम्पूर्ण अपूरा हुन्छन् । धेरै शब्द खर्चिरहनुभन्दा नागरिक उन्मुक्ति पार्टी जनस्वास्थ्यको सबालमा निम्न कुरामा प्रतिवद्ध छ ।
नागरिकको स्वास्थ्य नै राज्यको धन हो
१। जन्मदेखि ५ वर्षसम्म सम्पूर्ण बालबालिकाको उपचार निशुल्क ।
२। हरेक नागरिकको स्वास्थ्य उपचार बिमा निशुल्क ।
३। ६५ वर्षभन्दा बढी उमेरका नागरिकको उपचार निशुल्क ।
४। दीर्घ रोगी नागरिकको उपचार निशुल्क ।
५। हरेक पालिकास्तरमा कम्तिमा २५ शय्याको एक अस्पतालको साथै असक्त, वृद्धवृद्धा, बालबालिका र महिलाहरूलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने ।
६। हरेक महिना कम्तिमा एकपटक प्रेसर, सुगर, युरिक एसिडजस्ता रोगको परीक्षण घुम्ति शिविरमार्फत् अनिवार्य गर्ने ।
७। नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणको तहसम्म पुगेको खण्डमा कम्तिमा ‘एक प्रदेश एक शिक्षण अस्पताल’को अवधारणा ल्याई स्थापना गर्ने ।

रोजगार
रोजगारका विषयमा धेरै राजनीतिक दलले आ–आफ्ना अवधारणा ल्याएका छन् । नागरिकलाई वैदेशिक रोजगारमा पठाउँछौं भन्नेहरूको चेतना छ कि छैन रु के नागरिक वधुवा मजदुर हुन् रु आफ्नो जनतालाई अर्काको देशमा काम गर्न पठाउँछु भन्नेहरूको मानसिकतामा नेपाली जनता दास हुन कि होइनन् रु अशिक्षित संकीर्ण मानसिकताले आजसम्म मुलुकको रथ नगुडेकै हो भन्ने सबै नेपाली नागरिकले बुझ्न जरूरी छ ।

नागरिकलाई रोजगारमुलक कसरी बनाउन सकिन्छ रु यो सोचको चेतना सबैमा आउनु जरूरी छ । उदाहरणतः एक जना नेपाली नागरिक विदेशमा जान्छ । कृषि पेसामा रोजगारी पाउँछ । परिश्रमिक पनि हाम्रो देशको भन्दा कयौं गुणा बढी रकम प्राप्त गर्छ । अनि त्यही देशको उत्पादन यहाँ हामीले हाम्रो उत्पादनभन्दा सस्तो दरमा खरिद गरेर खाइरहेका हुन्छौं । कारण के रु हाम्रो नेपाली नेता र राजनीतिक दलहरूको चेतनामा ‘स्वरोजगार’ भन्ने विषयले कहिले प्रवेश पाउला रु हामी स्वरोजगारमूलक देश बनाउँछौं भनेर किन भन्न सक्दैनन् रु धरानका मेयर हर्क साम्पाङले ढुंगा बोकेको, गिटी कुटेको दृश्य यिनको मानसपटलमा कहिले छिर्ने हो रु अब नेता नेतृत्व गर्नसक्ने, पश्रिम गर्नसक्ने, स्वयं अहोरात्र खर्चिनसक्ने ल्याकत राख्ने हुनुपर्छ ।

हाम्रो नागरिक उन्मुक्ति पार्टीले सगौरव घोषणा गर्दछ– हामी ‘स्वरोजगारमूलक देश’ बनाउँछौं । सामूहिक परिश्रमले ठूलाठूला जल आयोजना, कृषि कारखानाको निर्माण गर्छौं ।
देशको उर्वर भूमिलाई हराभरा कृषि उब्जनी क्षेत्र बनाउँछौं । हामी अल्छी, गफाडी, एकल जातीय मानसिकता बोकेका घमण्डी नेताहरूलाई चुनौती दिन चाहन्छौं– पहाडको खाली जमिन तराईका श्रमिक, मेहनती जनतालाई हस्तान्तरण गरिएको खण्डमा मुलुक हराभरामात्रै होइन, साँच्चिकै समृद्ध बन्नेछ ।

हाम्रो योजना छ
१। नेपाली श्रमिकलाई विदेशमा स्याउ टिप्न, विरूवा गोड्न, धान रोप्न, पशुपालन कार्यमा लगाउन नपठाउने । हामी सबैले त्यो वातावरणको निर्माण आफ्नै देशमा गर्ने । यो सम्भव पनि छ, गर्नैपर्छ ।
२। हिमाली, पहाडी र तराईको कृषि प्रणालीका लागि अध्ययन, अनुसन्धान गर्न कृषि विज्ञहरूको टोली बनाउने । कहाँ, के गर्क सकिन्छ, सोको व्यवस्था तत्कालै गर्ने । कृषि विउविजन अनुसन्धान केन्द्रको तत्कालै स्थापना गर्ने । रैथाने विउविजन, फलफूल उत्पादनलाई बढी महत्व दिने । आज संसारमा उत्पादन, बिक्री वितरण गरेर सबैभन्दा बढी लाभ रैथाने उत्पादनले नै पाएका छन् । त्यसैले रैथाने बाली, विउविजन र उत्पादनलाई विशेष महत्व दिने ।
३। जीवनयापनमा अति महत्वपूर्ण वस्तुमात्रै आयात गर्ने । सौख रहरिला वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाउने । यदि राज्यले वैदेशिक हरियो तरकारी, माछामासु, फलफूलमा तुरून्त रोक लगाउने हो भने रोजगारी चौगुणा बढेर जानेछ । त्यसैले भान्सामा विदेशी तरकारी होइन, स्वदेशी पकाउने, स्वदेशी फलफूललाई उपभोग गर्ने, स्वदेशी कृषकले उत्पादन गरेको माछामासु मात्रै खाने । हरेक स्वदेशी उत्पादनलाई बढावा दिने हो भने रोजगारी खोज्न विदेश जानै पर्दैन ।
४। यान्त्रिक खेतीको विकास विना राज्यको नागरिक पाल्नु अब सम्भव छैन । त्यसैले यान्त्रिक प्रणालीलाई अवलम्बन गर्ने । स्वदेशका यान्त्रिक वैज्ञानिक महाविर पुनजस्तालाई राज्यले सहयोग गरी त्यस्ता केन्द्रको राज्यभरि नै विस्तार गर्ने ।
५। मुलुकको उत्पादन वस्तु विदेशमा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्ने परिपाटी मिलाउने ।

स्वयं स्वरोजगार हुने आधारहरू
१। आफूले उपभोग गर्ने वस्तुको उत्पादन आफैँले थालौं ।
२। वैदेशिक सामाग्रीको प्रयोग गर्नपरे मात्रै गरौं । अनावश्यक सौख नपालौं ।
३। पहिलो सुरूवात आफ्नै घरदैलो, भान्साबाट गरौं ।
४। आफ्नो करेसाबारीमा आफूलाई पुग्ने तरकारीका लागि परिश्रम गरौं ।
५। आफ्नो थोरै जमिनको सदुपयोग गरौं । प्लास्टिकको फूल नकिनौं । दुई बोट फूल, दुई बित्ते जमिनबाट उत्पादित तरकारीले एक परिवार सहजै धान्न सकिन्छ भन्ने बुझौं ।
६। परिवार जीवनयापनको सहजीकारणको प्रशिक्षण हाम्रो नागरिक उन्मुक्ति पार्टीले पहिलो प्राथमिकतामा राखेको छ ।

तब स्वरोजगार भइन्छ
१। खाली नबस्ने र जमिन खाली नदेख्ने ।
२। सरकारसँग रोजगार माग्ने होइन, सरकारलाई वैदेशिक मजदुर झिकाउन दबाब दिने वातावरणको सिर्जना आफैँले गर्ने ।
३। भलो चिताउने होइन, हलो जोताउने नेताको खोजी गर्ने ।
४। घरछेउँ, खोला–नाला सदुपयोगका लागि स्थानीय सरकारसँग समन्वय गरी सामूहिक श्रम र लगानीबाट मनग्य आम्दानी लिन सकिन्छ । त्यसैले घरछेउँका खोला–नाला, वनमै सामूहिक श्रम गरी रोजगारका वैकल्पिक व्यवस्थापन आफैँले गर्ने । पारिश्रमिकसहितको सामूहिक श्रमदान गर्न तत्पर हुने ।
५। सानातिना बाटोघाटो, पुलपुलेसा, ठेकेदारलाई होइन, जनतालाई दिनुपर्छ भनेर स्थानीय सरकारलाई दबाब दिने ।
६। सिक्ने गुणको बानी बसाल्ने । सक्दो आफैँले गर्ने, अरूलाई नअह्राउने ।
७। मुलुक श्रमले बन्छ, सीपले बन्छ र सकारीले बन्छ । श्रम, सीप र सकारी छैन भने स्वरोजगार पनि भइन्न । त्यसैले सरकारलाई श्रम, सीप, सकारी सदुपयोगका लागि खबरदारी गर्ने वातावरणको सिर्जना नागरिक उन्मुक्ति पार्टीले गर्नेछ ।

केही कुरा…
हामी अरू दलजस्तो ठूलो, परिपक्व, अनुभवी भइसकेका त छैनौं । नयाँ छौं, सिक्दैछौं भन्दैमा अपरिपक्व र आलोकाँचो पनि छैनौं । हाम्रो नागरिक उन्मुक्ति पार्टी जन्म भएको नवौं महिनामा हामीले स्थानीय प्रतिनिधि, प्रदेश गरी दुई निर्वाचनको सामना गर्नुपरेको छ । हामी साइवेरियाबाट उडेको पन्छीले जस्तो गन्तव्य भेटाइसकेका छैनौं । भेटाउने प्रयत्न जारी छ । भेटाउँछौं पनि । त्यसैले चुनावी घोषणा पत्रमा नसकिने, नगर्ने कुरा लेखेर नागरिकलाई चुतिया बनाउने हाम्रो नियत छैन । सकिने र गर्नसक्ने मात्रै लेखेका छौं ।

नागरिक उन्मुक्ति पार्टी विद्रोहबाट जन्मिएको पार्टी हो । यसले अझै केही विषयमा अहिंसित राजनीतिक विद्रोह गर्न बाँकी छ । केही कुरा हाम्रो पार्टीले गर्ने लक्ष्य नै लिएको छ । यो हाम्रो दृष्टिकोण, लक्ष्य राजनीतिक उद्देश्य जे भन्नुस्, यसमा हामी अनवरत संघर्ष गरिरहने छौं ।

१। राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने ।
२। ‘भौगोलिक, साँस्कृतिक पहिचानसहितको संघीयता’ हाम्रो राजनीतिक उद्देश्य हो । प्रदेशको नामाकरणमा हाम्रो गम्भीर असहमति छ ।
३। केही प्रदेशको भूगोलमा पनि हाम्रो गम्भीर आपत्ति छ । राज्यको भूगोल नेताले होइन, जनताले व्यवस्थापन गर्नुपर्छ । देशको केही जिल्ला नेताको स्वार्थमा थपिएको छ । र, अझ केही जिल्ला जनव्यवस्थापनका लागि थपिनुपर्दछ ।
४। बाटो जथाभाबी निर्माणको नाममा ठेकेदार नेताले ब्रह्मलुट गरिरहेको सर्वविदितै छ । त्यसैले अब बाटो होइन, वस्ती व्यवस्थापन गर्नुपर्छ ।
५। असक्त, अस्वस्थ, वृद्ध नेतालाई राजनीतिमा छाइरहन दिने हो भने मुलुक कहिल्यै समृद्ध हुनसक्ने छैन ।
६।प्राकृतिक न्याय नपाएका व्यक्ति अपांग जीवन व्यतित गरिरहेकाहरूको गाँस, बाँस कपासको, पुनःज्ञारेन्टी राज्यले लिनुपर्छ ।
७। विषय कठिन छ, असजहजस्तै छ । तर पूर्ण मानसिकताले सहजै सम्भव छ । एकीकृत वस्ती नबनाइकन चक्लाबन्दी गरेर कृषि प्रणाली नअपनाएसम्म अन्नपातको आयात भइरहन्छ । र, जबसम्म आयातित मानसिकताबाट हामी ग्रसित भइरहनेछौं, तबसम्म देश विकास सम्भव छैन ।
८। नेपालका धेरै वनलाई तुरून्त आरक्ष बनाउनु जरूरी छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीको सरकारले सम्भव भएका स्थानमा हामी तुरून्त त्यसको अवधारणा अघि सार्ने छ ।
९। राज्यले छुट्याएको जातीय कल्स्टर अति नै विभेद्पूर्ण छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीले संसदीय संघर्षमा यही विषयको उठाउन गर्ने छ ।

एक प्रदेश एक संकल्प
१। एक प्रदेश एक अन्तर्राष्ट्रियस्तरको रंगशाला अनिवार्य बनाइनेछ ।
२। एक प्रदेश एक मल कारखाना अनिवार्य बनाइनेछ ।
३। एक प्रदेश एक शिक्षण अस्पताल अनिवार्य बनाइनेछ ।
४। एक प्रदेश एक हाइड्रोपावर हाउसको निर्माण अनिवार्य गरिनेछ ।
५। एक प्रदेश एक पहिचान अध्यापन गराइने विश्वविद्यालय खडा गरिनेछ ।
६। रुग्न उद्योग सञ्चालन गर्नुको साथै एक प्रदेश एक कृषियन्त्र कारखाना खेल्नेछौं ।

अबको केही प्रदेश सरकारमा हाम्रो नागरिक उन्मुक्ति पार्टीको जबरजस्त उपस्थिति रहनेछ । हामीले नेतृत्व गर्ने, प्रदेश सरकारले गर्ने कार्यले नै हाम्रो मार्गदिशा निर्धारण गर्नेछ । ‘हामी हार्ने छैनौं, थाक्ने छैनौं । आफ्नो अधिकारको लडाइँमा कोही पराया डाक्ने छैनौं’ भन्ने उद्देश्यका साथ अगाडि लम्किरहेका छौं । सम्पूर्ण जनताको साथ भरोसा र विश्वासको अपेक्षा लिएका छौं । त्यसैले परिवर्तनको सम्बाहक, नौलो नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा छाप लगाई अत्यधिक बहुमतले विजयी गराउनुहुने छ भन्ने अपेक्षा लिएका छौं ।

आदरणीय बुबाआमा, दाजभाइ तथा दिदीबहिनीहरू,
हाम्रो नागरिक उन्मुक्ति पार्टीलाई धेरैले जातीय पार्टीको बिल्ला भिराउने गर्दछन् । जसको सोच एकल जातीय छ, उसैलेमात्र यस्तो कुरा गर्छ । नेपाल बहुजातीय, बहुभाषिक राष्ट्र नै हो । तर के हाम्रो देशमा रहेका अन्य जातिको रहनसहन, भाषा, भेषभुषाको कुनै महत्व नै छैन रु अधिकांश थारू लालिगुराँस फूल नदेखेरै मर्छन् । तर थारूले राष्ट्रिय फूल लालिगुराँसको कहिले विरोध ग¥यो रु दौरा सुरूवाल सबैले लगाउने पोसाक होइन, तर के हामीले दौरा सुरूवाललाई राष्ट्रिय पोसाक मानेका छैनौं र ?

सबै जातजाति, भाषा भेष, रहनसहन, सम्मानका लागि नै संघीयता चाहिन्छ । संघीयता सबैको सम्मान, इज्जत, पौराणिक परम्परा सम्मानार्थ हुनुपर्छ । विभिन्न भाषा बोले पनि हामी नेपाली हौं । विभिन्न पोसाक लगाए पनि हामी नेपाली हौं । भूगोलअनुसार धर्म, पोसाक परिवर्तन हुन सक्ला, तर समग्रमा हामी सबै नेपाली हौं । त्यसैले अब मानसिकता परिवर्तन गर्नुपर्छ । यो पोसाक मेरो, त्यो पोसाक तेरो, यो धर्म मेरो, त्यो धर्म तेरो, यो जात मेरो, त्यो जात तेरो, डोको मेरो, ढकिया तेरो । यस्ता कुरा नेपाललाई विभाजित गर्ने मानसिकता बोकेकोले मात्रै गर्छन् ।
देउराली भन्ज्याङ, समुल फाँट, हिमाली भेग, पहाडी पाटन सबै नेपालीका सझा हुन् । यी सबैलाई संघीयतामार्फत् व्यवस्थापन गर्नुपर्छ ।

पहिचान
पहिचान सम्मान हो कि अपमान रु ल्याटिन अमेरिकी देश ब्राजिलमा हेर्न गए पुग्छ । अहिले पहिचानको विरोध गर्नेहरूको आखिर गन्तव्य पनि उही नै हो । तर संसार नबुझ्नेहरूलाई बुझाउन अत्यन्त कठिन हुँदो रहेछ । आफ्नो कुनै साँस्कृतिक पहिचान नभएका युरोपियन र अमेरिकनहरू साम्बा फेस्टिबल अवलोकनका लागि सडकको एक छेउँमात्रै पाए कति भाग्यमानी सम्झिन्छन् आफूलाई । अहिले विश्वको विकास यति तीव्र गतिमा भइरहेको छ कि मान्छे पुरातन सोँचको कल्पनासमेत गर्न रूचाउँदैनन् । तर पहिल्याउँदै जाँदा एउटा यस्तो विम्व स्तम्भित हुन्छ, जसलाई कसैले न भुल्न सक्छन्, न उखेलेर फाल्न नै सक्छन् । हो त्यही हो पहिचान । पहिचान कुनै व्यक्तिको पेवा होइन र हुन पनि सक्दैन । पहिचान त मुलुक समृद्धिको सबैभन्दा ठूलो आधार हो । पहिचानले विश्व पर्यटनलाई आगमन गराउँछ र संस्कार, परम्परालाई बाचाइराख्नुको साथै अर्थतन्त्रको वृद्धिमा यसले अहम् भूमिका खेल्छ । आफ्नो देशमा भएको साँस्कृतिक पहिचानलाई नस्ट गरेर पछि अरूको पहिचानको प्रसंसा गर्ने मुर्खताको मार्गमा छौं हामी । लाटाहरूले केवल इशारा बुझ्छन्, बोली बुझ्न सक्दैनन् । हो, अहिले विद्वानहरूको आवाज हो पहिचान । दुईचार वटा सुगा÷मैनालाई– राम राम कहो पट्टु रु भनेर रटाएरमात्रै केही हुनेवाला छैन । पहिचान त सक्कली आवाज हो, जुन प्राणीले गर्भमै सिकेर आएको हुन्छ । सक्कली फूलको अन्त्य गरेर प्लास्टिकको फूलको आगमन गराउनेहरू नै पहिचानविरोधीहरू हुन् । जसलाई संस्कार र परम्परको ख्याल हुँदैन, उसलाई न त आफ्नी आमाको ख्याल हुन्छ, न मुलुकको नै । हो, त्यसैले त आफ्ना पुर्खालाई वृद्धाश्राम पु¥याउँछन् । जसले बुबा–आमालाई नै घरबाट लखेटेर वृद्धाश्राममा पु¥याउँछन् त्यस्ताले मुलुक कहाँ पु¥याउँछ रु
धेरै साथीहरू पहिचानको कुरा गर्दा जातीय कुरो भो भन्छन् । भूत, भविष्य र वर्तमानको विचारै नगर्नेलेमात्रै यस्तो कुरा गर्ने हो । ‘मेरो गोरूको बाह्रै टक्का’को परिणामले विश्वका धेरै देश भड्खालामा जाकिएको कुरा धेरैलाई थाहा छ । शान्ति अदृश्य शक्तिकी दूत हुन् । अशान्तिको विकल्प खोजिनुपर्छ । संघीयता, पहिचानसहितको भएन भने मुलुक सधैं कुण्ठाले ग्रसित भएर बाँचिरहेको जस्तो देखिन्छ । आखिर यसको पनि त विकल्प होला ।

संघीयताले देश टुक्रिन्छ भनेर गलत पाठ्यक्रम पढाउनेले संघीयताको विषय नै किन उठाए होलान् रु मुलुक संघीय लोकतन्त्रमा प्रवेश गरिसकेको छ । अब यसबाट बाहिर निकाल्नु भनेकै मुलुक पछाडि फर्किनु हो । लोकतान्त्रिक मुलुकमा जनता जागेपछिको परिणाम परिवर्तनीय हुन्छ । मुलुकलाई पछाडि फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गरिदेलान् भन्ने हेक्का पनि नेताले राख्नुपर्छ । हाम्रो देश नेपालमा संघीयता बहसको प्रारम्भमा पहिचानसहित दिने भनिए पनि अन्ततः शुक्राचार्यको बुद्धि कसले शासकको गिद्दीमा भ¥यो कुन्नी रु अहिले मुलुक विवादको भूमरीमा फसेको छ । पहिचान परिचय हो भन्ने सबैलाई थाहा हुँदाहुँदै बुझ किन पचाइँदैछ कुन्नी ?

राजनीतिमा आफ्नो पार्टीका पकड बलियो होस् भनेर जातीय संगठन खोल्ने राजनीतिक दलहरू अहिले हुँदै नभएको जनजाति आदिवासीले जातीय राज्यको माग गर्दैछन् भनेर जबरजस्ती आरोप थोपर्दैछन् । जुनबेला प्रमुख राजनीतिक दलहरूले धमाधम जातीय संघसंगठन खोेलेर पार्टीको भातृ संगठनको रूप दिँदैथिए, त्यो बेला हामी आदिवासी सबै कांग्रेस, एमाले, माओवादीका सदस्य थियौं । भातृ संगठनको रूप दिँदै हरेक चुनावमा भोट लिँदै र अधिकारबाट वञ्चित हुँदै गएपछि विस्तारै यसले हामी आदिवासी जनजातिको मनमा चिसो पसायो । अहिले देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । गणतन्त्रमा संघीयता अनिवार्य हो । लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई पनि नबुझ्ने नेताहरूको ठूलै झुण्ड रहेछ । गणतन्त्रको पूर्ण परिभाषा नबुझिकनै दुई जनाले त उपप्रधानमन्त्री नै पड्काइदिए । आदिवासी÷जनजातिले भौगोलिक–साँस्कृतिक पहिचानसहितको संघीयता माग्दैछन् । तर राज्यका शासकले जबरजस्ती जातीय राज्य माग्दैछन् भनेर हौवा फैलाउँदैछन् । साँस्कृतिक पहिचान राज्यको परिचय हो भन्ने कुरा नेतालाई ब्राजिलको उदाहरण भए पुग्दैन र रु आदिवासीको हक र अधिकारको महत्वका बारेमा अमेरिकाकै उदाहरण प्रशस्त छन् । एकले अर्कालाई धम्क्याउन छाडौं । पहिला प्रस्ट बनौं । हामीलाई जातीय राज्य चाहिएको होइन, भौगोलिक–साँस्कृतिक पहिचानसहितको संघीय प्रदेश चाहिएको हो ।

धर्म र सँस्कृति
धर्म र सँस्कृति आफ्ना आफ्ना हुन् । शक्ति र सत्ताको आडमा यसको हरण भयो भने राज्यलाई मात्रै होइन, विश्वलाई नै अपुरणीय क्षति हुन्छ । सत्ता र शक्तिको आडमा मेटाइएको धर्म र सँस्कृतिको इतिहास भोलि अनुसन्धानका लागि विज्ञहरूको सोधसमेत अपुरो हुनजान्छ । तसर्थ, अहिले नास गर्न लागिएको यही धर्म र सँस्कृतिका लागि भोलि राज्यले अर्बौं खर्च गर्दासमेत प्राप्त हुन सक्दैन । बौद्ध सभ्यता नेपालको पुरानो सभ्यता हो, जुन भारतका कट्टर हिन्दुवादी अशोक सम्राटले समेत लुम्बिनीमा स्तम्भ खडा गरेको इतिहासबाट प्रष्ट हुन्छ ।

राज्य धर्मनिरपेक्ष हुनुपर्छ । सबै नेपालीको पौराणिक धार्मिक सभ्यताको संरक्षण र सम्वद्र्धनमा राज्यको सरोबरी भूमिका हुनुपर्छ । अन्त्यमा, ढकिया एकल जातीय चिन्ह होइन । हाम्रै देशको पहिचान हो । राष्ट्र, पहिचान स्थापनार्थ पनि सबै बुबाआमा, दाजुभाइ, दिदीबहिनीले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा छाप लगाई विजयी गराउनुहुनेछ भन्ने अपेक्षा लिएका छौं ।

जय नागरिक ।




Leave a Reply

Your email address will not be published.