सबैभन्दा धेरै स्वर्ण जित्ने खेलाडी बनिन् जयरानी थारु

त्रिभुवन आर्मी क्लबमा आबद्ध धाविका २१ वर्षीय जयरानी थारुले पाँच स्वर्ण पदक हात पारिन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्गत एथ्लेटिक्समा पाँचवटा स्वर्ण पदक हात पार्ने उनी एक्ली खेलाडी बन्न सफल भइन्।

पाँच स्पर्धामा भाग लिएकी जयरानीले सबै स्पर्धामै स्वर्ण जितेकीमा तीन वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन्। उनले एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा स्वर्ण जितिन् भने चार सय मिटर हर्डल्स र १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितिन्।

जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक हात पारिन्। आजै भएको चार गुणा चार सय मिटर रिलेमा पनि उनले स्वर्ण पदक हात पारिन्। यसैगरी एथ्लेटिक्सअन्तर्गतको पुरुषतर्फको खेलमा सबैभन्दा बढी पदक जित्ने खेलाडी शिवराज पार्की भए। एपिएफका खेलाडी उनले नवौँ राष्टिय खेलमा तीन स्वर्ण पदक हात पारे । शिवराजले दुई सय मिटर पुरुष, एक सय मिटर दौड र रिलेमा स्वर्णपदक हात पारेका हुन्।

त्यसैगरी महिला १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीपक अधिकारीले कीर्तिमान बनाएका थिए। चार सय मिटर हडल्समा पुरुषतर्फ सोमबहादुर कुमालले र महिलातर्फ रमिताकुमारी थारुले नयाँ कीर्तिमानी बनाए।

तीन सय मिटर स्टिपल चेसमा दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमान बनाउँदा लङजम्पको पुरुषतर्फ सलिम देवानले राष्ट्रिय कीर्तिमान कायम गरे। एथ्लेटिक्समा आर्मी, एपिएफ, प्रहरी, प्रदेश नम्बर १, मधेस प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडीले भाग लिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *