थाकस युएईले माघी कार्यक्रम गर्दै, नेपालबाट थारू कलाकार बोलाउने

थारू कल्याणकारिणी सभा युएईले यस वर्ष माघी कार्यक्रम आयोजना गर्ने भएको छ। कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित रहेको माघी कार्यक्रम यस वर्ष आयोजना गर्ने भएको हो।

आइतबार बसेको थाकस युएईको बैठकले आगामी १५ जनवरी २०२३ का दिन कार्यक्रम आयोजना गर्ने भएको हो। कार्यक्रम बरदुबईको क्लब एभरेस्ट, अस्टोरिया होटलमा हुने कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिए।

उनका अनुसार अघिल्ला वर्षहरुजस्तै यस वर्ष पनि नेपाली कलाकारलाई सहभागी गराइने भएको छ। ‘कुन थारु कलाकारलाई ल्याउने भन्ने निनर्णय भइसकेको छैन। कसलाई ल्याउने भन्नेबारे सल्लाह हुँदैछ,’ उनले थारुवानसँग भने।

त्यस्तै यसपटक थारु कल्याणकारिणी सभा केन्द्रीय समितिबाट पनि एक जना प्रतिनिधिलाई बोलाइने उनले बताए। सोही दिन अधिवेशनसमेत सम्पन्न गर्ने भएकाले थाकसको प्रतिनिधि बोलाउन लागिएको संयोजक चौधरीले बताए।

कार्यक्रममा युएईमा बस्ने थारुहरुको सहभागिता रहने छन्। यसअघिका कार्यक्रमहरुमा कामका सिलसिलामा युएईमा रहेका थारुहरुको बाक्लो उपस्थिति हुँदै आएको छ। थाकस युएईले सम्पूर्ण थारुहरुलाई कार्यक्रममा सहभागी भइदिन आह्वान गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *