ओलम्पियनलाई पछि पार्दै फुलमतीले जितिन् दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ८ सय मिटर दौडमा महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन्। यो उनको दोस्रो स्वर्ण पदक हो। फुलमतीले यसअघि १५०० मिटर लौडमा पनि स्वर्णपदक जितेकी थिइन्।

पोखरा रंगशालामा बुधबार फुलमतीले निर्धारित दूरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।

कैलालीकी ३१ वर्षीया फुलमतीले प्रतिस्पर्धात्मक दौडमा स्वर्ण जितेपछि जित्छु भन्ने आत्विश्वास साथ दौडिएकाले तै सफल भएको बताइन्। ‘खेल हो, हार जित हुन्छ, जसले अन्तिममा पावर लगाएर दौडन्छ उसैले जित्छ,’ फुलमतीले भनिन्, ‘ओलम्पियनलाई हराउन पाउँदा खुशी छु। मलाई जित्छु भन्ने थाहा थियो। जित्नका लागि टेक्निकल्ली राम्रो हुनुपर्छ र पावर हुनुपर्छ।’

कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्यका साथ पोखरा आएकी उनको अर्को कीर्तिमानको लक्ष्य भने पूरा भएन । ‘यसपटक नै कीर्तिमान तोड्ने लक्ष्य राखे पनि पूरा हुन सकेन । अर्को पटक कीर्तिमान बनाउनेछु’, उनले लक्ष्य सुनाइन्। साभार : अनलाइनखबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *