ज्याभलिन थ्रोमा रोहित चौधरीले जिते स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ज्याभलिन थ्रोमा पुरुषतर्फ त्रिभुवन आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा बुधबार रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्। ज्याभिलन थ्रोमा खुर्सिद अहमदको नाममा ७०.३९ मिटरको कीर्तिमान छ।

रजत र कांस्य पदक भने अर्को विभागीय टोली एपीएफले जित्यो। एपीएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत जिते भने एपीएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कांस्य पदक जितेका छन्।

तस्बिर : अनलाइनखबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *