आफ्नो रिसोर्ट जलेको तस्बिर राख्दै रन्जिताले भनिन्- तिमीहरूले नै हो राजनीति गर्न बाध्य पारेको

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले श्रेष्ठले केही मान्छेहरुकै कारण राजनीति गर्नुपरेको बताएकी छन्। रेशम चौधरीलाई पटक-पटक प्रहार गरेकै कारण राजनीति गर्न बाध्य पारिएको र नागरिक उन्मुक्ति पार्टीको जन्म भएको उनले उल्लेख गरेकी छन्।

‘फूलबारी एफएम, फूलबारी रिसोर्ट, गाडी, घर, घरभित्रको गरगहनालगायत धेरै कुरो लुटियो/जलाइयो। आजसम्म ती सञ्चालनमा रहे व्यक्तिगत जीवन केही सहज त हुन्थ्यो होला नि। रेशमले पाएको क्षतिपूर्ति नोक्सान भएको सम्पत्तिभन्दा कम थियो। तैपनि त्यही कुरँ जोडेर प्रहार गर्न पछि पर्दैनन् मान्छेहरू,’ उनले भनेकी छन्, ‘जलाउनेहरु नचिनेका पनि होइनन्। तर हामी सद्भाव नै चाहन्थ्यौं। कुनै कानुनी प्रक्रियामा समेत नगएर समाज सरल होस् भनेर चाह्यौं। के त्यो गल्ती थियो? राजनीति पनि त हजुरहरुजस्तै मान्छेले हामीलाई गर्न बाध्य पारेको होइन र? नागरिक उन्मुक्ति पनि हजुरहरुले गर्दा नै जन्मेको हो।’

कैलालीको जोशीपुरमा नेपाली कांग्रेसका नेता रामजनम चौधरीले टीकापुर घटनाका राजबन्दीको रिहाइ गठबन्धनको नेतृत्वमा सरकार भएमात्रै हुने दाबी गरेका थिए। उनले घुमाउरो भाषामा आफूलाई जिताउनुपर्ने दाबी गरेका थिए।

त्यसलाई काउन्ट दिँदै नागरिक उन्मुक्तिका पार्टीकी अध्यक्ष रन्जिताले लेखेकी छन्- ‘गठबन्धनवालाले रेशम हामीले जिते छुट्छ भनी भन्छन् भने म ती सबैलाई यत्ति भन्छु, रेशम लगायतका अन्य मानिसहरु नेलमा बन्धकी जीवन बिताइरहँदा तपाईंहरु छुटाउने ठाउँमा हुनुहुन्थेन र? अस्ति भर्खर होइन सरकारले मुद्दा फिर्ता गर्योर अब रेशम लगायतका मानिस छुट्छन भनेको? अनि खै त आजसम्म छुटेको? अनि अब फेरि तपाईंहरुले बोलेको विश्वास गर्ने? फेक हल्ला गर्ने नेतागणहरु हो तपाईंजस्ता एकाध मानिसको हल्ला सार्थक हुँदैन।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *