नागरिक उन्मुक्ति पार्टीको प्रतिस्पर्धी गठबन्धन होइन्, एमाले हो : सुरेन्द्र चौधरी

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता सुरेन्द्र चौधरीले आफूहरुको प्रतिस्पर्धी गठबन्धन नभएर एमाले भएको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधिसभा सदस्यका उम्मेदवार चौधरीले आफ्नो मुख्य प्रतिस्पर्धी एमाले भएको बताए।

‘जसको संगठन छैन, मतदाता छैन, त्यो हाम्रो प्रतिस्पर्धी हुन सक्दैन,’ उनले भने। नेपालमा बलियो शक्ति एमाले भएकाले आफ्नो प्रतिस्पर्धा एमालेसँग भएको उनले स्पष्ट पारे।

सत्तारुढ दलले गठबन्धन गरेर निर्वाचनमा होमिनुको मुख्य उद्देश्य सत्ता कब्जा गर्नकै लागिमात्र भएको चौधरीले आरोप लगाए। ‘निर्वाचन जित्नको लागि गठबन्धन गरेर होइन। जनताको मन जित्नुपर्छ। जनताको बीचमा आफ्नो एजेण्डा लिएर जाने हो ताकि चुनाव जित्नको लागि गठबन्धन गर्ने होइन,’ उनले भने।

‘जो कम्जोर छ। उसैले हो गठबन्धन गर्ने। अब गठबन्धनको बलमा चुनाव जित्ने सपना नदेखे हुन्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *