यसपटक विजय गच्छदारलाई पराजित गर्ने भगवती चौधरी अठोट

सधैंको जस्तो सुनसरी क्षेत्र नं ३ मा यसपटक पनि दुई थारु नेताबीच रोचक प्रतिस्पर्धा हुँदैछ। यसअघि दुई पटक झिनो मतले विजयी भएका नेपाली कांग्रेसका नेता विजयकुमार यसपटक पनि विजयी बन्ने दाउँमा छन्। तर नेकपा एमालेकी नेतृ भगवती चौधरी जसरी पनि गच्छदारलाई हराउने रणनीति बनाइरहेका छन्।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पूर्वसांसद समेत रहेकी भगवतीले सार्वजनिकरुपमै आफू कहिल्लै भ्रष्टाचार नगर्ने बताएकी छन्। भ्रष्टाचार मुद्दामा आरोपित समेत रहेका गच‍छदारलाई काउन्टर दिँदै उनले आफू हरेक कुराले सक्षम र आत्मनिर्भर रहेकाले भ्रष्टाचार गर्नै नपर्ने बताइन्।

‘मलाई भ्रष्टाचार गर्नुछैन। म आफैं सक्षम छु। पढेलेखेकी छु। राजनीति गरेर कमाउँछु भन्ने सोच मसँग छैन। खानकै लागि, कमाउनकै लागि राजनीति गरेर भ्रष्टाचार गर्दिनँ,’ उनले भनिन‍्।

उनले आफू भिजन बोकेको महिला भएको बताइन्। ‘महिला सशक्तीकरण, आर्थिक पहुँच, युवा स्वरोजगार, निर्यातमुखी कृषि प्रणाली र सुनसरी जिल्लाका पर्यटकीय गन्तव्य क्षेत्रहरुको विकास गरी शिक्षित र समुन्नत क्षेत्रका रुपमा विकास गर्न सक्छु,’ उनले थपिन्।

०४८ सालदेखि निरन्तर चुनाब जितेर गएपनि प्रतिपक्षी उम्मेदवारले जनताका लागि केही नगरेकाले अब परिवर्तनकै लागि पनि आफूलाई जिताउने दाबी भगवतीको छ।
‘म राज्यमा नभएपनि मेरो पार्टीको सरकार हुँदा होस् वा नहुँदा केन्द्र, संघीय सरकारसँग लविङ गरेर विभिन्न विकासका लागि बजेटहरु ल्याएकी छु। कोरोना संक्रमणमा स्थानीय तहहरुसँग सहकार्य गरेर डेढ करोड बढीको राहत वितरण गरेको, व्यक्तिगत रुपमा फिल्डमै गएकी छु,’ उनले सुनाइन्।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार ०४८ यता निरन्तर सुनसरीबाट विजयी हुँदै आएका छन्। यसअघि ६ पटक विजयी भइसकेका गच्छदार सातौंपटक विजयी भएर संसद छिर्ने योजनामा छन्। सत्ता रहेका बेला उनका लागि विजयी बन्न जति सहज थियो, यसपटक त्यो पक्कै नहुने राजनीतिक विश्लेषकहरु बताउँछन्। किनकि यसपटक न उनी पार्टीको प्रभावकारी भूमिका छन्, न सत्तामै।




Leave a Reply

Your email address will not be published. Required fields are marked *