रेशम चौधरी छुट्न गठबन्धनको सरकार बन्नुपर्छ : रामजनम चौधरी

नेपाली कांग्रेसका नेता एवं कैलाली क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार रामजनम चौधरीले गठबन्धनको सरकार नबनेसम्म टीकापुर घटनाका राजबन्दीहरु रिहा नहुने दाबी गरेका छन्। कैलालीको जोशीपुरमा आयोजित कार्यक्रममा उनले कानुन संशोधन गर्नका लागि भए पनि कांग्रेसको बहुमत आउनुपर्ने बताए।

‘यो थारुको मात्रै होइन, ५-६ सय जनाको मुद्दासँग सम्बन्धित छ। टीकापुर मुद्दा, विप्लव समूहको मुद्दा, आदिवासी जनजातिहरुको मुद्दा जबसम्म कानुन संशोधन हुँदैन। नियमावली संशोधन हुँदैन। संविधान संशोधन हुँदैन। तबसम्म हाम्रा साथीहरुको मुद्दा फिर्ता हुँदैन। कानुन शंसोधनको लागि संसदमा दुई तिहाईको बहुमत चाहिन्छ। जबसम्म हालको नेपाली कांग्रेस तृत्वको गठबन्धन बहुमत ल्याउँदैन र पावरमा जाँदैन, टीकापुरका राजबन्दीहरुलाई रिहाइ गर्न गाह्रो छ,’ उनले भने।

अघिल्लो निर्वाचनमा कैलाली-३ मा पराजित भएका रामजनम यसपटक कैलाली क्षेत्र नं १ मा उम्मेदवार बनेका छन्। रेशम चौधरीको पार्टीको दबदबा रहेको सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता चौधरी श्रेष्ठ उम्मेदवार छन्। स्थानीय निर्वाचनमा सो क्षेत्रका चार पालिका जितेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा क्लिनस्वीप गर्ने दाबी गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *