लक्ष्मण थारूसँग किन डराए नारदमुनी राना?

नागरिक उन्मुक्ति पार्टीका दुई नेताको उम्मेदवारी खारेज भएपछि यतिबेला थारू समुदायमा चर्को बहस भइरहेको छ। अघिल्लो निर्वाचनमा यही मुद्दामा दुवै नेताले चुनाव लडेका थिए। कैलाली ५ बाट लक्ष्मण थारु पराजित हुँदा कैलाली १ मा रेशम चौधरी बहुमतका साथ विजयी भएका थिए।

त्यसबेला लक्ष्मणले कारागारबाटै वारेसनामार्फत् उम्मेदवारी दिएका थिए भने रेशम चौधरीले पनि फरार सूचीमा रहेर वारेसनामामार्फत् उम्मेदवारी दिएका थिए। त्यसबेला यी दुई उम्मेदवारविरुद्ध कसैले उजुरीसमेत दिएका थिएनन्।

यसपटक कसले किन उजुरी दियो? यही प्रश्नले थारू दिग्गजहरूबीच बहसको विषय बनेको छ।

बर्दिया २ मा प्रमुख राजनीतिक दलहरुले प्रतिनिधिसभातर्फ कुनै नेतालाई उम्मेदवार बनाएको थिएन। माओवादीले पाएको उक्त क्षेत्रमा सन्तकुमार चौधरीलाई चौथोपटक उम्मेदवार बन्न पार्टीले रोक्यो। गठबन्धनका साझा उम्मेदवार बने सुरेश पन्थ।

तर यसबीचमा नागरिक उन्मुक्ति पार्टीले बर्दिया क्षेत्रमा आफ्नो छुट्टै प्रभाव पारिसकेको अवस्थामा छ। प्रमुख राजनीतिक दलहरुका नेताहरुमा चरम असन्तुष्टि छाइरहेका बेला रेशम चौधरी बहुमतका साथ सो क्षेत्रबाट विजयी हुने आँकलन आम थारुको थियो। त्यही डरले गठबन्धनका उम्मेदवार पन्थले रेशमविरुद्ध उजुरी दिलाए। नभन्दै रेशमको उम्मेदवारी पनि खारेज भयो।

यतिबेला सो क्षेत्रमा सुरेश पन्थविरुद्ध चर्को नाराबाजी चलिरहेको छ। रेशमको ठाउँमा नागरिक उन्मुक्तिबाट लालवीर चौधरी आधिकारिक उम्मेदवार बनेका छन्। सुरेश पन्थलाई लालवीर कडा टसल दिने कुरामा दुई मत नरहेको त्यहाँका विश्लेषकहरु बताउँछन्।

यता लक्ष्मण थारुविरुद्ध कसले उजुररुी दिए त? सार्वजनिकरुपमा आएका कुरा के हो भने लक्ष्मणविरुद्ध धनगढी उपमहागरपालिका-१५ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले चौधरी उजुरी दिएका थिए। उनको उजुरीकै कारण लक्ष्मण पनि उम्मेदवारी खारेज भयो।

लक्ष्मणसँग स्वतन्त्र भनिएका रामबहादुर किन डराए? के उनी कैलाली ५ मा उथलपुथल ल्याउने उम्मेदवार हुन्? पक्कै पनि होइन। उनी अरुबाट परिचालित भएर उजुरी दिएको स्रोतको दाबी छ।

अघिल्लो चुनावमा नेकपा एमालेबाट नारदमुनी राना सो क्षेत्रबाट विजयी भएका थिए। यसपटक पनि उनी सो क्षेत्रबाट विजयी हुन चाहन्छन्। राना थारु समुदायको बाक्लो उपस्थिति रहेको कैलाली ५ मा उनले बलियो उम्मेदवारको रुपमा लक्ष्मणलाई लिएका थिए। कैलालीमा चार पालिका जितेर पहिलो दल बनेको नागरिक उन्मुक्ति पार्टीले यस चुनावमा आफूलाई पराजित गर्नसक्ने आँकलन नारदमुनी रानाले गरेको उनी निकट नेताहरु बताउँछन्।

लक्ष्मणविरुद्ध उजुरी दिनकै लागि एमाले उम्मेदवार नारदमुनी रानाले रामबहादुरलाई ‘डमी’ उम्मेदवारको रुपमा खडा गरेको बताइएको छ। नारदमुनी रानाकै ‘पूर्वयोजना’अनुसार रामबहादुरले लक्ष्मणविरुद्ध उजुरी दिएका हुन्।

लक्ष्मणको उम्मेदवारी खारेज भएपछि आफ्नो विजय सुनिश्चित रहेको नारदमुनीले निकट नेताहरुलाई बताउने गरेका छन्। तर उनको डरको रुपमा अझै जगदिश चौधरीको उदय भएको छ।

लक्ष्मणको ठाउँमा नागरिक उन्मुक्ति पार्टीले भलमन्सासमेत रहेका जगदिशलाई आफ्नो उम्मेदवारी बनाएको छ। नागरिक उन्मुक्ति पार्टीले सो क्षेत्रमा माहोल तताउने हो भने नारदमुनी रानाका लागि अझै कडा टक्कर हुनसक्ने स्थानीय थारूहरुको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *