बर्दिया २ मा लालवीर चौधरीले पाए ‘नल’ चुनाव चिन्ह

नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया क्षेत्र नं २ बाट आधिकारिक उम्मेदवार बनेका लालवीर चौधरीले नल्का चुनाव चिन्ह प्राप्त गरेका छन्। निर्वाचन आयोगले बुधबार रेशम चौधरीका पितासमेत रहेका लालवीरलाई नल्का चुनाव चिन्ह प्रदान गरेको हो।

निर्वाचन अधिकृतको कार्यालयले रेशम चौधरीको उम्मेदवारी खारेज गरिदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यता निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अदालत जाने भएका छन्। डिल्लीबजार कारागारमा रहेका रेशमले न्यायका लागि सर्वोच्च अदालतमा रिट हाल्ने बताए।

उनले टेलिफोनमार्फत् निर्वाचन आयोगले अन्याय गरेको बताए। ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म चुनाव लड्ने प्रावधान हुँदाहुँदै हाम्रो उम्मेदवारी खारेज गरिएको छ। यो हामीमाथिको अन्याय हो। न्याय माग्न फेरि अदालत धाउँछौं,’ उनले भने। टीकापुर घटनामा कैदीबन्दी रहेका रेशमको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *