रेशमले भने- उम्मेदवारी खारेजीविरुद्ध अदालतमा रिट हाल्छौं

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अदालत जाने भएका छन्। डिल्लीबजार कारागारमा रहेका रेशमले न्यायका लागि सर्वोच्च अदालतमा रिट हाल्ने बताए।

उनले टेलिफोनमार्फत् निर्वाचन आयोगले अन्याय गरेको बताए। ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म चुनाव लड्ने प्रावधान हुँदाहुँदै हाम्रो उम्मेदवारी खारेज गरिएको छ। यो हामीमाथिको अन्याय हो। न्याय माग्न फेरि अदालत धाउँछौं,’ उनले भने। टीकापुर घटनामा कैदीबन्दी रहेका रेशमको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका रेशमको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको थियो। उम्मेदवारी खारेज गरेपछि रेशम समर्थकहरुले नाराबाजी गरेका थिए।

मा‌ओवादीका उम्मेदवारसमेत रहेका सुरेश पन्थले रेशम चौधरीविरुद्ध उजुरी दिएका थिए। रेशम समर्थकहरुले सुरेश पन्थविरुद्ध पनि नाराबाजी गरेका थिए।

रेशम चौधरीको पार्टीले देशभरि प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ५७ क्षेत्रमा उम्मेदवारी दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *