कांग्रेस बर्दियाका उपसभापति गोविन्द्र थारू र सचिव मीनराज थारूसहित २३ जनाले दिए सामूहिक राजीनामा

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारको विवादमा नेपाली कांग्रेस बर्दियाका नेताहरूले सामूहिक राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नं. १ मा अरुण प्रकाश सिंह राठौर उम्मेदवारी रद्द भएपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।

निर्वाचन आयोगमा नेपाली कांग्रेसबाट संजयकुमार गौतम र अरुणप्रकाश सिंह राठौर उम्मेदवारी परेको थियो। अरुण प्रकाश सिंह राठौरले पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार भएको दाबी गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। पार्टीका दुई उम्मेदवारमध्ये मुख्य निर्वाचन अधिकृतको कार्यालयले गौतम आधिकारिक उम्मेदवार भएको फैसला गरेको थियो।

नेपाली कांग्रेसमा उम्मेदवारको विषयमा लिएर राठौर पक्षका नेताहरू जिल्ला कार्यसमितिका उपसभापति गोविन्द्र प्रसाद थारू, सचिव जग्गा प्रसाद पाण्डे, सचिव मीनराज थारू, कोषाध्यक्ष लक्ष्मी ढकाल लम्साल ठाकुरबाबा नगरपालिका नगरप्रमुख तथा सहसचिव, तिलकराम लम्साल, जिल्ला समन्वय समितिका सभापति तथा कार्य समिति सदस्य सूर्य बहादुर बिष्टसहित २३ जनाले सामूहिक राजीनामा दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *