बारामा सुजता चौधरी र उनको नाबालिक छोराछोरीको हत्या

बारामा बुधबार एकै परिवारको तीन जनाको हत्या भएको छ। उनीहरुको शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रस्टोका गाँउभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार दिउँसो साढे २ बजेतिर प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी पत्नी २५ वर्षीया सुजता चौधरी, उनकी ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

तीनै जनाको विभत्स तरिकाले हत्या गरी शव फालिएको अवस्थामा भेटिएको प्रहरी उपपरीक्षक बोगटीले जानकारी दिए।

घरमुली दीपेन्द्रले पत्नी सुजाता र दुई छोराछोरीको हत्या गरेको स्थानीयको आशंका छ। पत्नी र छोराछोरीको हत्या गरि फरार भएका दिपेन्द्रलाई प्रहरीले घाइते अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा भर्ना गरेको छ। पत्नी र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र लडेर घाइते भएको हुनसक्ने आशंका छ। उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको बोगटीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *