माओवादी नेताले दिए रेशम चौधरीविरुद्ध उजुरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीविरुद्ध उजुरी परेको छ। प्रतिनिधिसभातर्फ बर्दिया २ बाट उम्मेदवारी दिएका चौधरीविरुद्ध माओवादी निकट नेताले उजुरी दिएको बताइएको छ।
सो क्षेत्रमा माओवादीबाट सुरेश पन्थले उम्मेदवारी दिएका छन्। तीनपटकका विजेता सन्तकुमार थारुलाई पछि पार्दै पन्थले यसपटक टिकट पाएका छन्। बर्दिया २ मा प्रतिनिधिसभातर्फ ८ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध पनि उजुरी परेको छ। चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए।
भ्रष्टाचार आरोपमा मुछिएका सुनसरी क्षेत्र नं ३ का कांग्रेस उम्मेदवार विजय गच्छदारविरुद्ध पनि उजुरी परेको छ। उजुरीमाथि छलफल गरेर निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ।
Facebook Comment